6 years ago
August 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अमर इङ्लिस सेकेन्डरी स्कुल क्विक्स कप अन्तरविद्यालय राष्ट्रिय छात्र फुटबल प्रतियोगिता अन्तर्गत काठमाडौंको समूह ‘घ’को विजेता बनेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा सृजना ज्ञानसागर स्कुललाई ४–० ले हराउँदै अमर समूहको विजेता बनेको हो । काठमाडौंमा ४ समूहमा सहभागी स्कुलहरुबीच प्रतिस्पर्धा भइरहेको छ ।
नकआउटका आधारमा जारी प्रतियोगिताको समूह ‘घ’मा १७ स्कुलले प्रतिस्पर्धा गरेका थिए । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको कार्यक्रम अनुसा राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा अखिल नेपाल फुटबल संघले आयोजना गरेको प्रतियोगितालाई चौधरी ग्रुपको क्विक्सले प्रायोजन गरेको छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]