default_image

6 years ago

August 11, 2019

केनको दुई गोलमा टोटेनहमको विजयी सुरुवात

106 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार टोटेनहम हट्स्परले एस्टन भिल्लालाई ३-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

खेलको सुरुवाती समयमा नै पछि परेको टोटेनहमले अन्तिम १७ मिनेटमा ३ गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो । भिल्लाका लागि जोन मक्गिनले गोल गर्दै अग्रता दिलाएका थिए ‌। काउन्टर अट्याकमा भर परेको भिल्लाले त्यसपछि आक्रमण बुन्न भने सकेन ।

दोस्रो हाफको ७३ अौं मिनेटमा टान्गुइ एनडोम्बेलेले गोल गर्दै खेल बराबरीमा ल्याए ‌। कर्नरमा रिबाउन्ड आएको बललाई लुमास मोउराले पास दिएपछि टान्गुइले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । ८६ अौं मिनेटमा ह्यारी केनले डिफेन्डरको गल्तीको फाइदा उठाउँदै गोल गरे ।

निर्धारित समयको अन्तिम मिनेटमा केनले अग्रता दोब्बर पारे । उनले मौसा सिसोकोको पासलाई उत्कृष्ट फिनिस गर्दै जित पक्का गरे । घरेलु टोली स्पर्सले यस जितसँगै पहिलो खेलमा ३ अंक जोडेको छ ।

त्यसअघि एभरटन र क्रिस्टल प्यालेसको खेल गोलरहित बराबरीमा सकिएको थियो । सेफिल्ड युनाइटेडले पनि पहिलो खेलमा बर्नमाउथलाई १-१ को बराबरीमा रोक्यो । बर्नलीले साउथह्याम्पटनलाई तथा ब्राइटनले वाटफर्डलाई समान ३-० को स्कोरले पराजित गरे ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.