default_image

6 years ago

August 11, 2019

मेस्सीले ला लिगाको पहिलो खेल गुमाउने

89 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले यो सिजनको ला लिगा अन्तर्गतको पहिलो खेल गुमाउने भएका छन् ।

मेस्सीले चोटका कारण आगामी शुक्रबार एथ्लेटिक बिल्वाओविरुद्धको ला लिगाको पहिलो खेल गुमाउने भएका हुन् । मेस्सीले बार्सिलोनाको प्रशिक्षणमा जोडिएको पहिलो दिन नै पिडौंलाको चोट बोकेका थिए । त्यसयता उनी उपचार र विश्रामा छन् ।

अमेरिकामा शनिबार राति बार्सिलोनाले इटालियन क्लब नेपोलीमाथि ४–० को फराकिलो जित निकालेको खेलमा पनि उपस्थित थिएनन् ।

नेपोलीविरुद्ध फराकिलो जित निकालेपछि प्रशिक्षक इर्निस्टो भालभर्डेले मेस्सीले एथ्लेटिक बिल्वाओविरुद्ध खेल्ने सम्भावना न्यून रहेको बताएका थिए । ‘म यो निकै कठिन देख्दैछु । उनी ला लिगाको पहिलो खेल खेल्न पुर्ण रुपमा फिट हुने छैनन्,’ प्रशिक्षक भालभर्डेले भने, ‘म ३२ वर्षीय मेस्सीलाई लिएर कुनै जोखिन मोल्दिन । उनलाई जोखिमका बीच खेलाउन चहान्न । उनी शतप्रतिशत फिट नहुदासम्म पर्खनेछ ।’

मेस्सी नहुँदा पनि नेपोलीलाई हराएको र नयाँ फरवार्ड ग्रिजमले गोल गरेको अवस्थामा टोली सन्तुलित रहेको प्रशिक्षक भालभेर्डेले बताएका छन् ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.