6 years ago
August 11, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको पहिलो ‘बिग म्याच’ मा आज राति म्यानचेस्टर युनाइटेड र चेल्सीले प्रतिस्पर्धा गर्दैछ । खेल म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा राति ९ः१५ बजे शुरु हुनेछ ।

१९५८ पछि युनाइटेडले घरेलु मैदानमा लिगको पहिलो खेलमा चेल्सीसँग खेल्न लागेको हो । उक्त खेलमा युनाइटेड ५–२ ले विजयी हुदा बोबी चाल्र्सटनले ह्याट्रिक पुरा गरेका थिए । त्यसपछि सन् २००५ को सिजनमा चेल्सीको मैदानमा युनाइटेडले लिगको पहिलो खेल नै खेलेको थियो । जसमा चेल्सी १–० ले विजयी भएको थियो । उक्त सिजन चेल्सी नै प्रिमियर लिग च्याम्पियन बनेको थियो ।
उपाधिका दाबेदार दुवै टोलीलाई यो खेल निकै महत्वको छ । त्यसैले दुवै टोली महत्वुपर्ण ३ अंकका लागि नै मैदान उत्रने छ । खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
चेल्सीका नयाँ प्रशिक्षक फ्रान्क लाम्पार्डको लागि युनाइटेडविरुद्धको पहिलो खेल नै अग्नि परीक्षा हुनेछ । तर, लाम्पार्ड ओल्ड ट्राफोर्डमा प्रशिक्षकको रुपमा दोस्रोपटक मैदान उत्रन लागेको हो । लाम्पार्ड यसअघि कारबाओ कपमा डर्बी काउन्टीको प्रशिक्षक रहँदा यो मैदानमा प्रशिक्षकको रुपमा रहेको थियो । जसमा डर्बीले बाजी मारेको थियो ।
मुख्य फरवार्ड इडेन हजार्डबिनाको चेल्सीको अग्रपङ्ति नयाँ खेलाडी टम्मी अब्राहम र क्रिस्टियन पुलिसिकले सम्हाल्नेछन् । मासन माउन्टले पनि ‘डेब्यु’ गर्ने सम्भावना छ । चोटबाट गुज्रिरहेको चेल्सीले एङ्गोल कान्टेले खेल्ने सम्भावना रहँदा रुबेन लफटस चिक, एन्टेनियो रुडिगर र कलुह हड्सन ओडोई युनाइटेडविरुद्ध उपस्थित हुने छैनन्।
यता, उपाधि जित्ने अभियानमा रहेको युनाइटेडबाट यो सिजन कीर्तिमानी रकममा अनुबन्ध भएका ह्यारी मिगुइरेले खेल्ने सम्भवना रहँदा पल पोग्वा, र एलेक्सिस सान्चेजले खेल्ने सम्भावना न्युन छ ।
चेल्सीविरुद्ध युनाइेटडको पछिल्लो प्रदर्शन निकै खराव छ । पछिल्ला १३ खेलमा मात्रै दुई खेलमा जित हात पार्दा युनाइटेडले ६ बराबरी र ५ हारको नतिजा निकालेको छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]