6 years ago
August 11, 2019
एजेन्सी – रोमाविरुद्ध हुने प्रि सिजनको अन्तिम मैत्रीपूर्ण खेलका लागि रियल म्याड्रिडले गेराथ बेललाई टोलीमा समेटेको छ । यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राती ११ः४५ मा सुरु हनेछ ।

बेल चिनियाँ क्लबमा जाने सम्भावनाको अन्त्यपछि बेल टोलीमा फर्केका छन् । बेलले जर्मनीमा भएको औडी कप पनि गुमाएका थिए । जिनेदिन जिदान प्रशिक्षकका रुपमा दोस्रो पटक रियल फर्केपछि बाट नै क्लबमा बेलको भविष्यका विषयमा टिका टिप्पणी सुरु भएको थियो ।
जिदानले चोटका कारण बेल जर्मनी नजाने बताइरहँदा उनी भने गल्फ कोर्समा भेटिएका थिए । बेल आफै पनि जर्मनी जान नचाहेको बताइएको थियो । जहाँ रियलले टोटेनहम र फेनरवाचसँग प्रतिस्पर्धा गरेको थियो ।
टोटेनहमबाट सन् २०१३ मा ८५ मिलियन पाउन्डमा बेल रियलपुगेका थिए । उनको अझै क्लबसँग तीन वर्षको सम्झौता रहेको छ । रोमासँग हुन लागेको खेलमा उनी २० सदस्यीय टोलीमा समेटिएका हुन् । प्रि सिजनमा रियलको यो सातौं मैत्रीपूर्ण खेल हो । जसमध्ये बेल २ खेलमा मात्र देखिएका थिए ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]