6 years ago
August 11, 2019
एजेन्सी – रियल म्याड्रिडका फरवार्ड इडेन हाजार्डले प्रशिक्षक जिनेदिन जिदान आफ्नो बालपनका नायक भएको बताएका छन् । चेल्सीमा माउरिजियो सारी र एन्टोनियो कोन्टीसँग धेरै सिक्ने मौका मिलेको उल्लेख गर्दै हाजार्डले जिदान भने आफ्नो बाल्यकालको नायक रहेको बताएका छन् ।

हाजार्ड जुनमा चेल्सीबाट स्पेनिस सफल टोली रियलमा आबद्ध भएका थिए । १ सय ३० मिलियन पाउन्डमा उनी ५ वर्षका लागि रियलमा पुगेका हुन् । रियलका सबै प्रिसिजन खेलमा पहिलो रोजाईमा परेका हाजार्डले आरबी साल्जबर्गविरुद्ध गोल गरेका थिए । हाजार्ड रियलमा आबद्ध हुन अघि नै जिदानले उनको निकै तारिफ गरेका थिए । २८ वर्ष हाजार्ड रियल पुगेको झन्डै दुई महिना भएका छ । अहिले जिदानको प्रशिक्षणमा हाजार्ड तयारीमा जुटेका छन् ।
‘बालपनका मेरो आदर्श मध्येका एक जिदान हुन् । मेरो कोठामा उनको पोस्टर थियो । अहिले उनीसँग प्रशिक्षण गर्ने मौका मिलेको छ,’हाजार्डले भने, म एक दिन रियलको जर्सी लगाउछु भन्ने थियो । जति बेला टोलीले म प्रति चासो देखायो । त्यसपछि म यहाँ आए । चेल्सीमा रहँदाका बर्ष मेरा लागि अविष्मरणीय छन् ।
कोन्टे र सारीको नेतृत्वमा हाजार्डले पछिल्लो तीन वर्षमा चेल्समा १ सय ४७ खेल खेल्ने क्रममा ५५ गोल गर्नुका साथै ३७ एसिस्ट गरेका थिए । बेल्जियन फरवार्डले चेल्सीका पछिल्ला दुई प्रशिक्षकबाट आफुले निकै सिक्ने मौका पाएको बताएका छन् ।
हाजार्डले कोन्टे र सारीका बारेमा भने, ‘उनीहरु दुईको फरक क्षमता छ । उनीहरुको एउटै समानता भनेको दुवै विजेत हुन् । उनीहरुले आफ्नो परिचय बनाएका छन् । ‘ हाजार्डका बेल्जियन सहकर्मी रोमेलु लुकाकु हालै म्यानचेस्टर युनाइटेडबाट ७३ मिलियन पाउन्डमा इन्टर मिलानमा आबद्ध भएका छन् ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]