6 years ago
August 11, 2019
एजेन्सी – पिएर एमेरिक औबामेयाङले दोस्रो हाफमा गरेको गोलमा आर्सनलले न्यूक्यासल युनाइटेडलाई आइतबार १–० ले हराएको छ ।

आर्सनलले पहिलो हाफमै अग्रता लिने मौका पाएको थियो । तर हेनरिख मखातेरियनको प्रयास सफल हुन सकेन । तर ५८ औं मिनेटमा उबामेयाङले गोल गर्दै आर्सनललाई जित दिलाए ।
दोस्रो हाफमा प्रशिक्षक उनाइ एमेरीले डानी सेबालोस, निकोलस पेपे र ग्यब्रीएल मार्टिनिलिलाई डेब्यू गराएका थिए । न्युक्यासलविरुद्धको पछिल्लो १४ खेलमा आर्सनलको त्यो १३ औं जित हो ।
अर्को खेलमा लेस्टर सिटी र वल्भ्सले गोलरहित बराबरी खेले । वल्भ्सले खेलमा गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीको रिभ्युमा उक्त गोल मान्य भएको थिएन ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]