6 years ago
August 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर विश्वकप छनोट अन्तर्गत कतार र चाइनिज ताइपेइसँग हुने खेलको तयारीका लागि नेपाल आउने भएका छन् ।

माल्दिभ्सको शीर्ष डिभिजन लिगमा टिसी स्पोर्ट्स क्लबबाट खेलिरहेका विमल सोमबार माल्दिभ्सबाट प्रस्थान गर्नेछन् । उनी मंगलबार नेपाल आइपुग्नेछन् । शनिबार भएको लिग खेलमा विमलले निलान्धुविरुद्ध गोल गरेपछि टिसी विजयी रहेको थियो । उनी उक्त खेलको म्यान अफ द म्याच पनि रहेका थिए । विमलले त्यसअघि सिजनको पहिलो खेलमा नै टिसीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
गत जुनदेखि टिसी स्पोर्ट्समा आबद्ध रहेका विमलले राष्ट्रिय टोलीबाट चाइनिज ताइपेइ र मलेसियाविरुद्ध खेल खेलेका थिएनन् । चोटका कारण उनी विश्राममा रहेका थिए । त्यसअघि कुवेतविरुद्ध दुई मैत्रीपूर्ण खेलमा पनि उनी यू-२३ टोलीको कप्तानी गरेका थिए । उनले नवनियुक्त प्रशिक्षक योहान कालिनसँग पहिलो पटक पूर्ण प्रशिक्षण गर्नेछन् ।
नेपालको खेल तालिका :

December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]