default_image

6 years ago

August 13, 2019

काउटिन्होमाथि बायर्नको चासो !

144 views

0 Bookmark

एजेन्सी– बार्सिलोनाका फिलिप्पे काउटिन्होलाई भित्राउने विषयमा बायर्न म्युनिखले चासो देखाएको छ । बायर्नले मिडफिल्ड विकल्पका रुपमा काउटिन्होको बारेमा जानकारी लिने प्रयास गरेको छ ।

जर्मनीमा अगस्ट २५ मा खेलाडीको सरुवा बजार बन्द हुनेछ । बार्सिलोनामा प्रभाव पार्नबाट चुकिरहेका कोउटिन्होका बारेमा बायर्नले बार्सिलोनासँग परामर्श गरेको स्पेनिस संचारमाध्यमले जनाएका छन् ।

लामो योजनासहित बार्सिलोनाले कोउटिन्होलाई भित्राएपनि उनले सोचे अनुरुपको प्रभाव पार्न सकेका छैनन् । सन् २०१८ को जनवरीमा १ सय ४५ मिलियन पाउन्डमा लिभरपुलबाट ल्याइएका उनले बार्सिलानमा पुगेबाट नै उच्च प्रदर्शनका लागि संघर्ष गरिरहेका छन् ।

प्रिमियर लिग टोली आर्सनल, टोटेनहममा लोनमा जाने सम्भावना पनि कम्तीमा अहिलेको लागि टरेको छ । एन्टोइन ग्रिजमनको आगमनसँग बार्सिलोनमा अब काउटिन्होको भुमिका झनै कमजोर हुने अनुमान गरिएको छ । सम्भवत यहि बुझेर बायर्नले उनीमाथि चासो देखाएको हुन सक्छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.