default_image

6 years ago

August 13, 2019

लेवान्डोस्कीको दुई गोलमा बायर्नको सहज जित

103 views

0 Bookmark

एजेन्सी – रोवर्ट लेवान्डोस्कीको दुई गोल सहयोगमा जर्मन च्याम्पियन बायर्न म्युनिखले जर्मन कपमा सहज जित दर्ता गरेको छ ।

सोमबार राति भएको खेलमा बायर्नले इनर्जी कटबसलाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । बायर्नको जितमा लेवान्डोस्कीले दुई तथा किङ्सले कोमानले १ गोल थपे । कटबसमा बरकान टाजले सान्त्वना गोल फर्काए ।

खेलको ३२औं मिनेटमा लेवान्डोस्कीको गोलबाट बायर्नले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ६५औं मिनेटमा कोमानले अग्रता दोब्बर पारे । ८५औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे । ९०औं मिनेटमा बरकानले गोल गरेपनि हार टार्न सकेन ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.