default_image

6 years ago

August 13, 2019

पीएसजीले नेयमारको जर्सी बेच्न छाड्यो

103 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्लबको आधिकारिक स्टोरबाट ब्राजिलियन सुपरस्टार नेयमारको जर्सी बेच्न छाडेको छ ।

क्लब छाडेर अन्यत्र जाने हल्ला चलिरहँदा पीएसजीले उनको जर्सी नै बेच्न छाड्नुले नेयमारको ट्रान्सफर नजिकिएको आंकलन गर्न सकिन्छ । यसअघि पीएसजीले नेयमारको जर्सीलाई नै प्राथमिकतामा राखेर बेच्ने गरेको थियो । हाल भने पीएसजीको स्टोरमा फ्रान्सेली युवा स्टार किलियन एम्बाप्पेको जर्सी धेरै रहेको देखिन्छ ।

हेर्नुहोस पीएसजीको स्टोरको भिडियो :

नेयमारको एकमात्र तस्बिर हाल नाईकको जुत्ता बेच्ने स्टलमा मात्र रहेको छ । पीएसजीले सिजनको पहिलो लिग खेलमा नेयमारबिनै जित दर्ता गरिसकेको छ । उक्त खेलमा नेयमारविरुद्ध समर्थकले नाराबाजी पनि गरेका थिए ।

निम्सविरुद्ध ३–० को जित निकालेको खेलमा ‘नेयमार आउट’ भन्ने नारा घन्काउँदै स्टेडियमभर ब्यानरहरु प्रदर्शन गरेका थिए । घरेलु मैदानमा निम्सविरुद्धको खेलमा समर्थकहरुले ‘नेयमार क्लब छाडेर जाउ’ जस्ता नारा लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।

क्लबका निर्देशक लियोनार्डाेले नै नेयमारलाई लिग वानको शुरुवाती खेलमा टिममा राखेका थिएनन् । नेयमारले क्लब छाड्ने मनासय बनाइरहँदा क्लबले उनलाई टोलीमै नसमेटेको हो । नेयमार स्पेनिस क्लब बार्सिलोना या रियाल म्याड्रिडमा जाने सम्भावना छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.