default_image

6 years ago

August 13, 2019

यू- १८ साफ च्याम्पियनसिपः दोस्रो चरणमा ३० खेलाडी

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालमा सेप्टेम्बर मध्यसाता आयोजना हुने यु–१८ साफ च्यामिपयनसिपका लागि मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको छ ।

प्रशिक्षक श्रेष्ठले मंगलबार प्रारम्भिक चरणमा रहेका ४६ खेलाडीबाट १६ खेलाडीलाई बाहिर राख्दै दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको हो । टोलीमा केही खेलाडीहरु राम्रो रहेको र उनीहले अझै सुधार गर्नुपर्ने बताएका छन् ।

‘केही (१२) खेलाडीसँग ‘ए’ डिभिजन लिग र विभिन्न गोल्डकप खेलेको अनुभव छ । उनीहरुले घरेलु लिगमा जस्तै साफमा पनि जुझारु प्रदर्शन गर्नेमा विश्वस्त छु ।’ प्रशिक्षक श्रेष्ठले भने, ‘मेरो लक्ष्य फाइनल पुग्ने र उपाधि जित्ने हो । टोलीबाट म पुर्ण आशावादी छु । हाम्रो समूहमा सबै हामी स्तरका टोली छन् । केही सहज हुन सक्नेछ ।’

श्रेष्ठले सेप्टेम्वर पहिलो साताभित्रमा २३ सदस्यीय टोली घोषणा हुने बताएको छ । नेपाल रहेको समूह ‘ए’ मा भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् । साफ यु–१८ च्याम्पियनसिप सेप्टेम्वर २० बाट २९ सम्मा हल्चोकको एपीएफ स्टेडियममा हुदैछ ।

नेपाली टोली
गोलरक्षकः विशाल सुनार, सुर्य अधिकारी, रोहित कार्की र पुजन होना
डिफेन्डरः विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, असिम गुरुङ, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, विशान्त बस्नेत, एलिक रुम्वा र अन्जन महर्जन
मिडफिल्डरः शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, राजन पुन, आका बुढामगर, रेजिन माझी, जय गुरुङ, मनिष थापा, कुशल फ्युवा र नितिन थापा
फरवार्डः ब्रिजेश चौधरी, सच्चु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.