default_image

6 years ago

August 13, 2019

महिला फुटबल टोलीले ‘नादेझ्दा कप’ खेल्ने

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली खेलकुद (साग) को तयारीस्वोरुप किर्गिस्तानमा हुने नादेझ्दा कप फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको छ ।

सेप्टेम्बर ६ देखि १४ सम्म हुने प्रतियोगितामा आयोजक किर्गिस्तानसँगै ताजिकिस्तान र उज्बेकिस्तानले पनि सहभागिता जनाउने छन् । नेपालले पछिल्लो केहि सातायता दक्षिण एसियाली खेलकुदको तयारीका लागि प्रशिक्षण गरिरहेको छ । प्रशिक्षक हरि खड्काले ४२ खेलाडी समेट्दै प्रशिक्षण गराइरहेका छन् ।

साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली त्यसअघि भारतमा भएको हिरो गोल्डकपमा पनि उपविजेता नै बनेको थियो । नेपालमा हुने १३ औं सागमा नेपालले स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.