6 years ago
August 16, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक इर्निस्टो भाल्भेर्डेले ब्रजिली स्टार फरवार्ड नेयमार बार्सिलोना फर्कन सक्ने तर अहिले उनी फ्रेन्च क्लब पीएसजीको हिस्सा रहेको बताएका छन् ।

पछिल्लो एक साता नेयमार सरुवाको विषयले विश्व फुटबल गर्माएको छ । पीएसजीका नेयमारलाई अनुबन्ध गर्न दुई स्पेनिस क्लब बार्सिलोना र रियल म्याड्रिड दौडमा छन् । तर, ठोस प्रगति हुन सकेको छैन ।
नेयमार अनुबन्ध गर्न बार्सिलोनाले बढी चासो देखाइरहँदा पनि ठोस प्रगति हुन नसक्दा प्रशिक्षक भाल्भेर्डेले आफू विचलित नरहेको बताएका छन् । ‘क्लब पदाधिकारी नेयमारलाईलाई अनुबन्ध गर्ने प्रयासमा छन् । तर, ठोस प्रगति हुन सकेको छैन । तर, म विचलित छैन,’ प्रशिक्षक भाल्भेर्डेले भने, ‘मसँग अहिले मेरो टिमका खेलाडीसँग मात्र सोच्ने समय छ । अन्य क्लबको खेलाडीबारे सोच्ने समय छैन । म अहिले खेलाडी अनुबन्ध भन्दा पनि प्रशिक्षणमा केन्द्रित छु ।’
उनले नेयमार बार्सिलोना आउन सक्ने भएपनि उनी अहिले अर्काे क्लब पीएसजीको हिस्सा रहेको थपेका छन् । ‘मसँग अहिले पुर्ण टोली छ । म यही टोलीबाट सन्तुष्ट छु । मसँग अहिले अन्य क्लबको खेलाडीको बारेमा बोल्ने समय छैन,’ भाल्भेर्डेले थपे, ‘म प्रशिक्षक हुँ । मेरो काम राम्रो खेलाडी क्लबमा अनुबन्ध गर्ने हो । यो मैले प्राप्त गरेको छु । क्लबले पनि राम्रो खेलाडी अनुबन्ध खोज्ने हो ।’

नेयमार अनुबन्ध गर्नको लागि बार्सिलोनाले पहिलो प्रयासमा केही रकम र फिलिपे कौटिन्हो दिने प्रस्ताव गरेपनि पीएसजीले उक्त प्रस्ताव अस्वीकार गरेको थियो । त्यसपछि बार्सिलोनाले कौटिन्हो र इभान राकिटिक र केही मुल्य दिने प्रयास पनि थालेको छ । बार्सिलोनाका प्रशिक्षक भाल्भेर्डेले राकिटिक पछिल्लो दुई वर्षदेखि टोलीको महत्वपुर्ण खेलाडी रहेको र उनी अझैपनि टोलीमै रहनेमा आशावादी रहेको बताएका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]