6 years ago
August 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान विराज महर्जन, गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द विना अर्को महिना मलेसियाको सुपर लिग च्याम्पियन टोलीविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा भएको छ ।

विश्व कप छनोटको तयारीमा रहेको नेपालले दुई खेल अघि भदौ ९ गते मलेसियाली जोहार दारुल टा जिम एफसीसँग खेल्ने तय भइसकोे छ । त्यसपछि नेपालले विश्व कप छनोटको पहिलो खेल भदौ १९ गते कुवेत र २४ गते चाइनिज ताइपेसँग खेल्नेछ ।
नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जोहान कालिनले कप्तान विराज, नम्बर एक गोलकिपर किरण र रोहित विना नै टोलीको घोषणा गरेका छन् । किरण यति बेला जापान भ्रणणमा छन् । त्यस्तै रोहित इन्डोनेसियामा व्यवासायिक फुटबल खेलिरहेका छन् । २३ सदस्यीय टोलीको गोलकिपरमा विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ छन् ।
माल्दिभ्सबाट यसै साता नेपाल आएका फरवार्ड विमल घर्तीमगर पनि टोलीमा रहेका छन् । माल्दिभ्स लिगमा उत्कृष्ट प्रदर्शन गरेका विमल पहिलोपटक कालिनको प्रशिक्षणमा खेल्न लागेका हुन् । यस्तै अनुभवी फरवार्ड भरत खवासले पनि वैदेशिक आर्मी प्रशिक्षणमा रहेका कारण टोलीमा स्थान बनाउन सकेनन् ।
कालिनले दोस्रो चरणमा रहेका ३१ जनाबाट मलेसियन क्लबसँगको मैत्रीपूर्ण खेलको लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन् । २३ सदस्यीय टोलीमा सुवास गुरुङ, विमल पाण्डेय र त्रिदेव गुरुङले स्थान बनाउन सकेनन् ।
नेपाली टोली
गोलकिपर – विकेश कुथु, एलेन न्यौपाने, विशाल श्रेष्ठ
डिफेन्डस -सरोज दाहाल, अजित भण्डारी, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्ड -सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
फरवार्ड -विमल घर्तीमगर, विमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]