default_image

5 years ago

August 18, 2019

के गर्दैछन् मेस्सी ?

22 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको नयाँ सिजन सुरु भइसकेको छ । । साविक विजेता बार्सिलोनाले एथलेटिको बिलबाओको सामना गर्दा हार बेहोरेको थियो । ला लिगाकै प्रभावशाली खेलाडी मध्येका बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी भने पहिलो दिन मैदानमा देखिएनन् ।

उनलाई लिएर प्रशिक्षक इर्नेस्टो भाल्भार्डे जोखिम लिने पक्षमा छैनन् । चोटमुक्त भएर फर्कने क्रममा रहेको मेस्सी फिटनेसका लागि जुटेका छन् । अर्जेन्टिनी सुपर स्टारले बालुवामा कोन राखेर बल राखेर शुटको अभ्यास गरेका छन् । उनले बालुवामा अन्य अभ्यास पनि गरेका छन् । पिडौलामा समस्या आएपछि उनले प्रि सिजनका कुनै पनि खेलमा भाग लिएनन् ।

३२ वर्षे मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिकामा तेस्रो स्थान प्राप्त गरेको थियो । जसमा उनले टोलीका सबै खेल खेलेका थिए । बार्सिलोनाले नेपोलीलाई मैत्रीपूर्ण खेलमा ४–० ले हराएपछि भाल्भार्डेले भनेका थिए, ‘मेस्सी विदामा हुन्थे भने म खुसी हुन्थे । तर उनी घाइते छन् । ‘

लगातार तेस्रो पटक ला लिगा उपाधि जित्ने अभियान रहने बार्सिलोनाका लागि मेस्सी नहुनु चिन्ताको विषय पक्कै पनि हो ।

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

Success

Thank you for your time.