6 years ago
August 16, 2019
सुबास हुमागाईं, काठमाडौं
स्विडिस प्रशिक्षक योहान कालिनले मलेसियाली च्याम्पियन जोहोर दारुल टा जिमविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली घोषणा गर्दा टोलीका नियमित कप्तान विराज महर्जनलाई टोलीमा समेटेनन् ।

प्रशिक्षक कालिनले टोली घोषणा हुनुभन्दा केहि दिन अगाडि नै विराजलाई आफ्नो निर्णयबारे जानकारी दिएका थिए । मलेसियाली क्लबविरुद्ध मैत्रीपूर्ण खेल टोलीका नयाँ खेलाडीलाई अनुभव बटुल्ने राम्रो अवसर रहेको र विराजले यसबीचमा प्रशिक्षण पनि गुमाएको कारण कालिनले यस्तो निर्णय लिएको विराजले बताए । विराज जुलाई पहिलो साता व्यक्तिगत कारणले अमेरिका पुगेका थिए । उनले त्यहाँ तीन साता रहेर विभिन्न संस्था र निकायसँग रहेर नेपाली फुटबलबारे छलफल गरेका थिए । उनी जुलाई तेस्रो साता नेपाल फर्केर प्रशिक्षणमा समावेश भएका हुन् ।
‘मलाई टोली छनोटबारे प्रशिक्षकले पहिला नै जानकारी दिनुभएको थियो । मैले प्रशिक्षणमा सामेल भएको तीन साता मात्र भएको छ र अन्य टोलीको स्तरमा फिटनेस आइसकेको छैन । अन्य खेलाडी पनि राम्रो खेल्ने भएकाले प्रशिक्षकले निर्णय लिनुभएको हो । मैले अब विश्वकप छनोटको टोलीमा पर्न थप मिहिनेत गर्नेछु,’ उनले भने ।
प्रशिक्षक कालिनले पनि विराज प्रशिक्षणमा ढिला समावेश भएका कारण उनलाई बाहिर राख्नुपरेको बताए । ‘ हामीले पहिलो दिनदेखि नै प्रशिक्षणको प्रदर्शन निकै महत्त्वपूर्ण रहने बताएका छौं । हामीले टोली छनोट गर्दा हेर्ने मुख्य पाटो नै त्यहि हो । हाम्रो लक्ष्य सबैभन्दा बलियो टोली छनोट गर्नु हो र अहिलेको अवस्थामा यो नै बलियो टोली हो,’ कालिनले हामो खेलकुदसँग भने, ‘ कहिलेकाहीं विपक्षी टोली हेरेर पनि टोली छनोट गर्नुपर्छ ।’

प्रशिक्षक कालिनले खेलाडीको फिटनेसले पनि छनोटमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । ‘फिटनेसले खेलाडीको समग्र स्तरबारे प्रष्ट पार्छ । हाम्रो टोलीमा अहिले सबै खेलाडी फिट छन् । टोलीमा पर्न पनि प्रतिस्पर्धा उच्च छ । राष्ट्रिय टोलीमा यो स्तरको प्रतिस्पर्धा हुनु सुखद पक्ष हो,’ उनले थपे ।
विराजको अनुपस्थितिमा विगतमा उपकप्तानद्वय किरण चेम्जोङ र भरत खवासले टोलीको जिम्मेवारी सम्हाल्दै आएका थिए । दुवै उपकप्तान टोलीमा नरहेको अवस्थामा अब नेपाली टोलीले नयाँ कप्तान पाउने देखिन्छ । कप्तानको दावेदार मानिएका रोहित चन्द पनि टोलीमा छैनन् । यसअघि १२ औं सागमा उपकप्तान रहेका मिडफिल्डर विक्रम लामा र डिफेन्डर अनन्त तामाङलाई टोलीको सम्भावित कप्तानको रुपमा हेरिएको छ । प्रशिक्षक कालिनले टोलीको कप्तानबारे निर्णय लिन बाँकी रहेको बताए ।
प्रशिक्षक कालिनले मलेसियाली टोलीविरुद्ध खेलले आफ्नो टोलीको वर्तमान स्थिति मापन गर्न सहज हुने बताए । ‘कुनैपनि महत्त्वपूर्ण खेलअघि मैत्रीपूर्ण खेल खेल्न पाउनु राम्रो हो । हामी अहिले कस्तो स्थितिमा छौं भन्ने मैत्रीपूर्ण खेलले प्रष्ट देखाउँछ । यस खेलको प्रदर्शनले छनोट खेलमा के कस्तो कदम चाल्नुपर्छ भन्ने थाहा हुन्छ,’ कालिनले टुंग्याए ।
को बन्ला राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तान ?
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]