6 years ago
August 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको इन्डोनेसियन क्लब पर्सिजा फेरि बराबरीमा रोकिएको छ । दुई पटकको अग्रता जोगाउन नसक्दा रोहितको टोलीले शुक्रबार मादुरा युनाइटेडसँग २२ को बराबरी खेलेको थियो ।

साविक विजेता समेत रहेको पर्सिजाले एम सिमिकको गोलबाट १९ औं मिनेटमा अग्रता लिएको थियो । तर डी लालेले ४८ औं मिनेटमा मादुरका लागि बराबरी गोल फर्काए । ५० औं मिनेटमा एम सिमिकै गोलाबट पर्सिजाले दोस्रा पटक अग्रता लियो ।
ए फदिरले ७८ औं मिनेटमा गोल फर्काउँदै खेललाई पुनः बराबरीमा पुर्याएका थिए । रोहितले पुरा समय खेलेको खेलमा पर्सिजाले अर्को गोल थप्न सकेन र बराबरीमा चित्त बुझाउनु पर्यो । भदौ ९ गते मलेसियाको लिग च्याम्पियनविरुद्ध हुने मैत्रीपूर्ण खेलमा रोहित २३ सदस्यीय नेपाली टोलीमा रोहित परेका छैनन् । शुक्रबार नै एन्फाले मैत्रीपूर्ण खेलका लागि टोलीको नाम सार्वजनिक गरेको थियो ।
पर्सिजाले यो सिजन लगातार खराब प्रदर्शन गरिरहेको छ । जसका कारण टोली रेलिगेसन जोनमा छ । इन्डोनेसिया लिग १ मा १८ टोलीको सहभागिता रहेको प्रतियोगितामा पर्सिजा १७ औं स्थानमा छ ।
१० खेलको समाप्तीमा १ मात्र जित दर्ता गराएको पर्सिजाले ६ खेलमा बराबरी र ३ खेलमा हार बेहोरेको छ । १३ खेलमा मादुरा २३ अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा छ । १३ खेलमा ३१ अंकका साथ बाली युनाइटेड शीर्षस्थानमा छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]