6 years ago
August 17, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा आज दोस्रो चरणमा आज सात खेल हुँदैछन् । साविकको विजेता तथा उपाधिको दाबेदार म्यानचेस्टर सिटी र टोटेनहम आमने सामने हुँदैछन् ।

खेल सिटीको मैदानमा खेल नेपाली समय अनुसार राती १०ः१५ बजे सुरु हुनेछ । दुवै टोलीले पहिलो चरणमा जितको स्वाद पाएको दोस्रो चरणमा पनि जितको खोजीमा नै मैदान उत्रनेछ । पहिलो चरणमा सिटीले वेस्टह्याममाथि ५–० को फराकिलो जित दर्ता गर्दा टोटेनहमले एस्टन भिल्लालाई ३–१ ले हराएको थियो ।
दुवै टोली लगातार दोस्रो जितको खोजीमा हुनेछ । सिटी र टोटेनहमबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । सिटीले टोटेनहमसँगको पछिल्ला सबै चार खेलमा जित निकालेको कारण शनिबार राति पनि बलियो आत्मविश्वासका साथ मैदान उत्रनेछ ।

सिटीका लागि अघिल्लो खेलमा ह्याट्रिक पुरा गरेका रहिम स्ट्रलिङ, सर्जियो अगुइरो, रियाद महारेज र केभिन डि ब्रुयन टोलीका मुख्य हतियार हुन् ।
सिटीले १९८९/९० पछि घरेलु मैदानमा बिग सिक्सविरुद्ध हार भोगेको छैन । सिटी त्यतिबेला साउथह्याम्पटनसँग पराजित भएको थियो । जसमा सिटीले १६ खेलमा जित निकाल्दा ८ बराबरी खेलेको छ ।
यता, टोटेनहम सिटीसँगको पछिल्ला चार खेलमा बेहोर्दे आएको हारको जिन्कलाई तोड्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । सिटीका लागि ह्यारी केन, लुकास मौउरा र क्रिस्टियन इरिक्सन मुख्य हतियार हुनेछन् ।
यस्तै साविकको उपविजेता लिभरपुलले साउथह्याम्पटनको भ्रमण गर्दैछ ।
प्रिमियर लिगको अन्य खेलहरु
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]