6 years ago
August 17, 2019
एजेन्सी – म्यानचेस्टर युनायटेडका मिडफिल्डर पाउवल पोग्बालाई रियल म्याड्रिड भित्राउने विषयमा सोधिएको प्रश्नमा प्रशिक्षक जिनेदिन जिदानले जवाफ दिन भन्दा मन्द मुस्कान दिन मात्र ठिक माने । सिजनको सुरुवात अघिको अन्तिम पत्रकार सम्मेलनमा उनले टोलीको छनोटमा गेराथ बेलका बारेमा आफ्नोले सोच्ने बताएका छन् ।

पोग्बाका बारेमा सोधिएको प्रश्नका बारेमा उनको जवाफ थियो, ‘म अहिले भोलीको खेलको बारेमा सोचिरहेको छु । अनि मलाई विश्वास छ मसँग उत्कृष्ट खेलाडी छन् ।’ पोग्बाका भाईले स्पेनिस टेलिभिजनमा अन्र्तवार्ता दिदै पोग्बालाई लिन रियल असफल भएको बताएका थिए ।
त्यस विषयमा जिदानको जवाफ थियो,‘ पोग्बा युनाइटेडका खेलाडी हुन् । हामीले उनको सम्मान गर्नुपर्दछ । म आफुसँग भएका खेलाडीमा केन्द्रित छु ।’ बेलका बारेमा सोधिएको प्रश्नमा उनले खुलेर बोले । सिजनको सुरुवात अघि वेल्सका बेलले रियल छाड्ने सम्भावना देखिएको थियो । तर, उनी गएनन् ।
‘मलाई लागेको थियो । उनी जानेछन् । तर उनी अहिले पनि टोलीमा छन् । त्यसैले उनी मेरो गन्तिमा छन्,’ उनली यहाँका महत्वपूर्ण खेलाडी हुन् । मलाई लाग्छ टोलीको पहिलो रोजाई तयार पार्न कठिन छ ।’
जिदानको भनाईबाट बेलले प्रदर्शनबाट आफुलाई प्रभावित पार्न जरुरी छ । प्रि सिजनमा प्रशिक्षक जिदान र बेलबीचको सम्बन्ध हार्दिक रहन सकेको थिएन ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]