6 years ago
August 17, 2019
एजेन्सी- प्रिमियर लिगमा लिभरपुलले यो सिजन लगातार दोस्रो जित हािसल गरेको छ । शनिबार साउथह्याम्टनलाई हराउँदै लिभरपुलले जितलाई निरन्तरता दिएको हो ।

साडियो माने र रोबेर्टो फेर्मिनोको गोलमा गर्दै लिभरपुललाई जित दिलाएका हुन् । प्रिमियर लिगमा लिभरपुलको यो लगातार ११ औं जित हो । यसअघि सन् २०१४ मा क्लबको कीर्तिमानलाई यो जितले बराबरी भएको छ ।
२–० को अग्रता पछि डानी इङ्सले गोल गर्दै गोलअन्तरलाई घटाएका थिए । मानेले पूर्व क्लबविरुद्ध पहिलो हाफमो इन्जुरी समयमा गोल गरेका थिए । मानेको सहयोगमा फर्मिनोले गोल गर्दै लिभरपुलको अन्तरलाई दोब्बर पारेका थिए ।
८३ औं मिनेटमा इङ्सले नजिकाबाट गोल गरेका थिए । त्यसपछि बराबरीको मौका पाएपनि टोली त्यसको उपयोग गर्न असफल भयो ।
प्रिमियर लिगको अन्य खेलको नतिजा
आर्सनलविरुद्ध बर्नली (२–१)
एस्टन भिल्ला विरुद्ध बर्नमाउथ (१–२)
ब्राइटनविरुद्ध वेस्टह्याम (१–१)
एभर्टनविरुद्ध वाटफोर्ड (१–०)
नर्विचविरुद्ध न्यु क्यासल (३–१)
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]