6 years ago
August 17, 2019
एजेन्सी – साविकको उपविजेता बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा शानदार शुरुवात गरेको छ । घरेलु मैदानमा डर्टमन्डले पछि परेको स्थितिमा उत्कृष्ट पूनरागमन गर्दै अग्सवर्गमाथि ५–१ को शानदार जित निकालेको हो ।

सिग्नल इडुना पार्कमा डर्टमन्डलाई शानदार जित दिलाउन पाको अल्कासेरले दुई तथा जाडोन सान्चो, मार्काे रिउस र जुलियन ब्रान्डले गोल गरे । अग्सवर्गका फ्लोरियनले गरेको गोल सान्त्वना बन्यो ।
खेल पहिलो मिनेटमा नै डर्टमन्ड फ्लोरियनको गोलबाट पछि परेको थियो । तर, डर्टमन्डले त्यसको दुई मिनेटपछि नै बराबरी गोल फर्काउन सफल भयो । तेस्रो मिनेटमा पाको अल्कासेरले बराबरी गोल गरे ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएपनि डर्टमन्डले दोस्रो हाफमा उच्च प्रदर्शन गर्दै ४ गोल थप्न सफल भयो । डर्टमन्डले दोस्रो हाफमा ९ मिनेटको अन्तरमा ३ गोल गर्न सफल भएको थियो ।
५१औं मिनेटमा युवा फरवार्ड जाडोन सान्चोले गोल गर्दै डर्टमन्डलाई खेलमा २–१ को अग्रता दिलाए । ५७औं मिनेटमा मार्काे रिउसले तथा ५९औं मिनेटमा पाको अल्कासेरले गोल गरेपछि डर्टमन्ड ४–१ को आरामदायी स्थितिमा पुगेको थियो ।
८२औं मिनेटमा वैकल्पिक खेलाडी जुलियनले गोल गर्दै डर्टमन्डलाई ५–१ को फराकिलो जित दिलाए ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]