6 years ago
August 17, 2019
एजेन्सी – १० खेलाडीमा समेटिएको रियाल म्याड्रिड स्पेनिस ला लिगाको पहिलो खेलमा जित निकालेको छ । रियालले घरेलु टोली सेल्टा डि भिगोमाथि ३–१ को जित निकालेको हो ।

सेल्टाको मैदानमा शनिबार रियालको जितमा करिम बेन्जेमा र टोनी क्रुस र लुकास भास्क्वेजले गोल गरे । सेल्टाका इकर लोसादाले सान्त्वाना गोल फर्काए ।
खेलको १२औं मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । उनले वेल्स स्टार ग्यारेथ बेलको पासलाई सदुपयोग गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको रियाल दोस्रो हाफको शुरुमै १० खेलाडीमा समेटिएको थियो ।
५६औं मिनेटमा मिडफिल्डर लुका मोड्रिच सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । डेनिस सुआरेजमाथि फल गरेपछि रेफ्रीले भिएआरको सहायतामा मोड्रिचलाई रातो कार्ड देखाएका थिए ।
५८औं मिनेटमा नेस्टर एराउजोको हेडरलाई थिवाउट कोर्टुवाले मुस्किलले बचाउदै सम्भावित बराबरी टारेका थिए । ६०औं मिनेटमा अल्भारो ओर्डिजोलाको हेडर क्रसबारमा लागेर फर्कदा रियाल अग्रता दोब्बर बनाउनबाट चुकेको थियो ।
लगत्तै ६१औं मिनेटमा टोनी क्रुसले अविश्वसनीय गोल गर्दै रियाललाई २–० ले अघि बढाए । मार्सेलोको पासमा क्रुसले करिव ४० यार्डबाट गरेको शक्तिशाली प्रहार क्रसबारबाटै गोलमा परिणत भएको थियो ।
८०औं मिनेटमा वैकल्पिक खेलाडी लुकास भास्क्वेजले करिम बेन्जेमाको पासमा गोल गर्दै रियाललाई जितको बाटोमा उभ्याए । भास्क्वेज ६९औं मिनेटमा भिनिसियस जुनियरको स्थानमा मैदान प्रवेश गरेका थिए ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इकरले गोल गर्दै गोल अन्तर कम गरेपनि रियाल ३–१ ले विजयी हुन सफल भयो ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]