6 years ago
August 18, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाको इतिहासकै सर्वाधिक महँगा खेलाडी हुन् फिलिपे कोउटिन्हो । सन् २०१८ मा विशाल लक्ष्य लिएर बार्सिलोना आइपुगेका कोउटिन्हो अपेक्षित प्रदर्शन गर्न नसक्दा क्लबबाट बाहिरिने संघारमा छन् ।

बार्सिलोनाले क्लबका दिग्गज खेलाडी आन्द्रेस इनिएस्टाको कमी पूरा गर्न ब्राजिलियन मिडफिल्डरमाथि मोटो रकम खर्चेको थियो । इंग्लिस क्लब लिभरपुलमा स्टार खेलाडीका रुपमा रहेका कोउटिन्होले त्यसै छवीलाई बार्सिलोनामा भने सिद्ध पार्न सकेनन् । प्रचुर अवसर पाउँदा पनि त्यसको सदुपयोग गर्नबाट चुकेपछि क्लबले उनलाई अन्यत्र जाने ढोका खोलिदिएको छ ।
२७ वर्षीय मिडफिल्डर बार्सिलोनाको लिगको पहिलो खेलमा दर्शकदिर्घामा रहेका थिए । क्लबका कप्तान लिओनेल मेस्सीको अनुपस्थितिमा कमजोर रहेको आक्रमणलाई सुधार्ने क्षमता कोउटिन्होमा थियो । तर क्लबले उनको आवश्यकता महसुस गरेन र उनलाई टोलीमा समेटेन । कोउटिन्होले नियमित फुटबल खेल्न भएपनि क्लब छाड्ने अवस्था आएको छ । यसका लागि उनले जर्मनीको बायर्नलाई आफ्नो गन्तव्य बनाउने बुझिएको छ ।
बार्सिलोनाका लागि कोउटिन्होले हालसम्म कुल ७६ खेल खेलेका छन् । उनको आगमनपछि क्लबमा उनीभन्दा बढी जोर्डी अल्बा र इभान राकीटिचले मात्र खेलेका छन् । तर उनले अवसर सदुपयोग गर्न भने सकेका छैनन् । उनले यसक्रममा जम्मा २१ गोल गरेका छन् । उनको तुलनामा लुइस सुआरेजले ४० र मेस्सीले ७१ गोल गरेका छन् ।
बार्सिलोनाले कोउटिन्होलाई आबद्ध गर्न १ सय २० मिलियन युरो खर्च गरेको हो । विश्व फुटबलको इतिहासमा यो सर्वाधिक महँगो ट्रान्सफरको शीर्ष ५ मै पर्छ । तर प्रदर्शनमा भने बार्सिलोनाले धोका खाएको छ । बार्सिलोनाले कोउटिन्होमाथि कुनै आशा नराखी उनलाई अन्यत्र पठाउने निर्णय नै गरिसकेको छ । अब मात्र उनको नयाँ गन्तव्य थाहा पाउन बाँकी छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]