6 years ago
August 18, 2019
नेपालगञ्ज (हाम्रो खेलकुद) – नेपालगन्जमा भएको क्विक्स कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि चिसापानीको दीपज्योति मावि र कोहलपुरको जनज्योति पब्लिक हाइस्कुलले जितेको छ । दीपज्योति छात्र र जनज्योति छात्रातर्फ च्याम्पियन बनेको हो ।

नेपालगन्ज रंगशालामा आइतबार भएको फाइनलमा जनज्योतीले गौतमबस्तीको अमर माविलाई ६–० ले हरायो । जनज्योकिा लागि अञ्जली चौधरी र रोजी सुवेदीले ह्याट्रिक गरे । छात्रातर्फ ८ विललयको सहभागिता थियो ।
छात्रतर्फ दुई गोलको अग्रता जोगाउन नसक्दा चप्परगौडीको दीपज्योती विद्याश्रम फाइनलमा पराजित भयो । दीपज्योती मावि चिसापानीले उत्कृष्ट पुनरागमन गर्दै ५–३ को जित हासिल गरको थियो । चिसापानीका लागि लक्ष्मण रानाले २, सुमित थापामगर, राजु चौधरी र सन्दीप सोनीले समान १ गोल गरे । दीपज्योती विद्याश्रमबाट ईश्वर श्रेष्ठले २ र गणेश कुवरले १ गोल गरे ।

प्रतियोगिताका विजेता, उपविजेता खेलाडी तथा प्रशिक्षकलाई नेपालगञ्जका मेयर धवलशमशेर राणा, उपमेयर उमा थापामगर, राखेपका सदस्य विनोद मैनाली, एन्फाका पूर्व मानार्थ उपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष नरेन्द्र थापा, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीलगायतले पुरस्कृत गरे ।
बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ ३२ विद्यालयको सहभागिता थियो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]