default_image

6 years ago

August 18, 2019

चेल्सी बराबरीमा रोकियो

105 views

0 Bookmark

एजेन्सी – चेल्सीले दोस्रो खेलमा पनि जित दर्ता गर्न सकेन । प्रिमियर लिगको आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग ४–० लज्जास्पदक हार बेहोरेको चेल्सीले आइतबार बराबरीमा चित्त बुझाउनुपरेको छ ।

खेलको सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा लिचेस्टरसँगको खेलमा चेल्सीले १–१ को बराबरीमा सन्तोष गर्नुपरेको थियो । खराब सुरुवातका कारण प्रशिक्षकका रुपमा रहेका टोलीका पूर्व स्टार फ्रान्क लाम्पार्डमाथि दबाब बढ्ने सम्भावना छ ।

सातौं मिनेटमा मसुन माउन्टको गोलबाट चेल्सीले अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा लिचेस्टरले गोल फर्काएको थियो । विल्फ्रेड एडीडीले ६७ औं मिनेटमा बराबरी गोल गरेका थिए ।

आइतबार नै प्रिमियर लिगको अर्को खेलमा सेफिल्ड युनाइटेडले क्रिस्टल प्यालेसलाई १–० ले परातिज गरेको छ । जोन लाउड्स्ट्रामले दोस्रो हाफको सुरुवातमा गरेका गोल नै टोलीको जितका लागि पर्याप्त रह्यो ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.