6 years ago
August 20, 2019
एजेन्सी – लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले क्लबका पूर्व मिडफिल्डर फिलिप्पे काउटिन्होलाई बार्सिलोनाबाट लिन चाहेपनि चर्को मुल्यका कारण सम्भावना नभएको बताएका छन् ।

काउटिन्हो यसै साता बार्सिलोनाबाट एक वर्षको लोनमा बायर्न म्युनिख पुगेका छन् । सिजनको अन्त्यपछि बायर्नले चाहेको खण्डमा १ सय २० मिलियन पाउन्डमा काउटिन्होलाई स्थायी रुपमा क्लबका राख्न सक्नेछ । काउटिन्होलाई लिने विषयमा चर्चा भएपनि आर्थिक कारणले गर्दा त्यो सुरुवा सम्भव नभएको क्लोपले बताएका छन् ।
‘सुन्दा सहज लाग्दैन । तर हामीले त्यति मुल्य तिर्न सक्ने अवस्थामा थिएनौं, ‘ उनले भने, ‘हामीले यो सिजनका लागि थ्रुपै खर्च गरिसकेको छौं । त्यसले उनलाई ल्याउन सहज भएन । उनी बायर्नमा जानु दुवै टोलीका लागि राम्रो सम्झौता हो । ‘
क्लोपले काउटिन्होको तारिफ पनि गरे । ‘उनी उत्कृष्ट खेलाडी र असल मान्छे हुन् ,’उनले थपे, ‘राम्रो वातावरण भएको अवस्थामा खेल कुनै पनि बेला परिवर्त गर्न सक्ने उनी विश्व स्तरीय खेलाडी हुन् ।’
२७ वर्षे काउटिन्हो सन् २०१७ मा लिभरपुलबाट बार्सिलोना पुगेका थिए । त्यहाँ उनले ७६ खेल खेल्दा २१ गोल गरेका थिए । उनी रहँदा टोलीले २ ला लिगा र एक पटक कोपा डेल रे जितेको थियो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]