6 years ago
September 17, 2019
एजेन्सी – स्पेनिस गोलरक्षक डेविड डे गेयाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा सम्झौता नवीकरण गरेका छन् । युनाइटेडका पहिलो रोजाइका गोलरक्षक गेयाले युनाइटेडमा ४ वर्ष लामो सम्झौता नवीकरण गरेका हुन् ।

अब उनी २०२३ जुनसम्म युनाइटेडमा रहनेछन् । उनको क्लबमा एक सिजनमा करसँगै १३.३ मिलियन पाउन्ड वृद्धि हुनेछन् । जुन युनाइटेडमा गोलरक्षकको लागि खर्चिएको सबैभन्दा धेरै रकम हो । यससँगै डेविड युनाइटेडका सर्वाधिक महँगा तथा गोलरक्षकमा सबैभन्दा महँगा खेलाडी बनेका छन् ।
डेविडलाई अनुबन्ध गर्न स्पेनिस क्लब रियल म्याड्रिड, फ्रेन्च पेरिस सेन्ट जर्मेन (पीएसजी) र इटालियन क्लब युभेन्टसले पनि प्रयास गरेका थिए । तर, डेविडले युनाइटेडमै सम्झौता नवीकरण गरे ।

प्रशिक्षक ओले गनर सोल्सजरले डेभिडले क्लबमा सम्झौता नवीकरण गर्नेमा विश्वस्त रहेको र त्यो पुरा भएको बताएका छन् । सन् २०११ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट युनाइटेड आएका २८ वर्षे गोलरक्षक डे गेयाले युनाइटेडमा उच्च प्रदर्शन गर्दै ३६७ खेलमा १३० क्लिन सिट राखेका छन् । गेयाले युनाइटेडबाट १ प्रिमियर लिग, १ एफए कप, १ लिग कप र १ युरोपा लिग जितेका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]