6 years ago
September 14, 2019
काठमाडौं (हाम्रो खेलकुद)– लज्जास्पद हारका साथ नेपालले एएफसी यू १६ च्याम्पियनसिप छनोटको यात्रा सुरु गरेको छ । छनोटअन्तर्गतको आफ्नो पहिलो खेलमा शनिबार नेपाली टोली आयोजक जोर्डनसँग ७–० ले पराजित भएको थियो । पहिलो हाफमा नै नेपाल ५–० पछि परेको थियो ।
अहमद अब्दल्लाले १६ औं मिनेटमा घरेलु टोलीका लागि पहिलो गोल गरे । १९ औं मिनेटमा अलि अहमद हाब्जीले गोल गरे भने त्यसको एक मिनेट पछि अब्देल कादेर अलालेमले गोल थपे । मोहम्मद खालेद ओब्जाटले ४२ औं र ४४ औं मिनेटमा अलालेमले अर्को गोल थपे । दोस्रो हाफमा नेपाल थप दुई गोलको सामना गर्नुपरेको थियो ।
साफ यू १५ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको दुई साता पछि जोर्डन पुगेको नेपाली टोलीको सुरुवात भने कमजोर भएको छ । नेपाल उपवजेताका कप्तान प्रदीप लम्सालसहित तीन खेलाडी बोन टेस्ट पछि बाहिरिएपछि टोली थप कमजोर बनेको थियो ।
समूह एमा नेपाल, जोर्डनका साथ कुवेत, ताजकिस्तान र दक्षिण एसियाली छिमेकी श्रीलंका छ । अब सोमबार नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]