6 years ago
September 14, 2019
एजेन्सी – युवा फरवार्ड टम्मी अब्राहमले ह्याट्रिक पुरा गरेपछि लन्डन क्लब चेल्सीले इंग्सिस प्रिमियर लिग फुटबलमा वल्भ्समाथि फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले वल्भ्सलाई उसकै मैदानमा ५–२ को फराकिलो अन्तरले पराजित गरेको हो ।
फिकायो तोमोरी र मासन माउन्टले समान १–१ गोल थपे । घरेलु टोलीका प्याट्रिक कटरोनले एक गोल गरे । एक गोल उपहार पाएको थियो ।
चेल्सीले खेलको १० मिनेटभित्र तीन गोल गर्दै पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनाएको थियो ।
घरेलु टोलीविरुद्ध चेल्सीले पहिलो गोलको लागि ३१औं मिनेट कुर्नुपरेको थियो । ३१औं मिनेटमा तोमोरीले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ३४औं मिनेटमा टम्मीले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनायो । ४१औं मिनेटमा टम्मीले मार्काेस अलन्सोको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई पहिलो हाफमा ३–० ले अघि बढाए ।
५५औं मिनेटमा टम्मीले जर्गिन्होको पासमा गोल गर्दै ह्याट्रिक पुरा गरे । ६९औं मिनेटमा टम्मीले आत्मघाती गोल गरेपछि खेल ४–१ को अवस्थामा पुगेको थियो । ८५औं मिनेटमा प्याट्रिकले गोल गर्दै गोल अन्तर ४–२ मा झारेको थियो । इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई ५–२ को फराकिलो जित दिलाए ।
जितसँगै चेल्सी ५ खेलबाट ८ अंक जोडेर छैटौ स्थानमा रहेको छ । चेल्सीले समान २ जित र बराबरी तथा एक खेलमा हार बेहोरेको छ । वल्भ्स ३ अंकसहित १९औं स्थानमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]