default_image

6 years ago

September 15, 2019

रोहितको गोलमा पर्सिजाको जित

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका महत्त्वपूर्ण सदस्य रोहित चन्दले गोल गरेपछि इन्डोनेसियाको शीर्ष डिभिजन लिगमा पर्सिजा जकार्ताले जित दर्ता गरेको छ ।

लिगमा तेस्रो जित दर्ता गर्ने क्रममा पर्सिजाले पीएसआईएस सेमाराङलाई २-१ ले पराजित गरेको हो । पहिलो हाफको इन्ज्युरी समयमा क्रोएसियाली फरवार्ड मारिओ सिमिचको गोलमा पर्सिजाले अग्रता लिएको थियो । उनले पेनाल्टीमा गोल गरेका थिए । दोस्रो हाफको ५३ औं मिनेटमा रोहितले गोल गर्दै पर्सिजाको अग्रता दोब्बर पारे ।

रोहितले कर्नरमा क्लियर हुन नसकेको बललाई ६ यार्ड बक्सबाट गोलमा परिणत गरेका थिए । सेमाराङका लागि सेप्सिएन मौलानाले ६३ औं मिनेटमा गोल फर्काएपनि पर्सिजाले खेलमा जित हात पारेको हो । डिफेन्डिङ च्याम्पियन रहेको पर्सिजाको जारि सिजन प्रदर्शन अपेक्षित हुन सकेको छैन । रोहित राष्ट्रिय टोलीमा रहँदा पर्सिजाले रोहितविना खेलेको दुवै खेलमा पराजय बेहोरेको थियो ।

यस जितसँगै पर्सिजा रेलिगेसन क्षेत्रबाट भने माथि उक्लिएको छ ।टोलीले १६ खेलमा ३ जित र ८ बराबरीका साथ १७ अंक जोडेको छ । जारि लिगमा रोहितको यो पहिलो गोल हो । यसअघि रोहित पर्सिजाको पछिल्लो जितमा म्यान अफ द म्याच घोषित भएका थिए ।

हेर्नुहोस रोहितको गोल :

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.