6 years ago
September 16, 2019
एजेन्सी – शुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलमा वाटफोर्डसँग बराबरी रोकिएको छ । वार्टफोर्डको घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनल २–२ गोलको बराबरीमा रोकिएको हो ।
आर्सनलका पिएरे इमरिक औवामियाङले दुवै गोल गरेका थिए । घरेलु टोलीका लागि टोम क्लेभरर्ली र रोवर्टाे पेरेराले गोल गरे । खेलको २१औं मिनेटमा सिड कोलासिनाकको पासमा औवामियाङले गोल गर्दै पाहुना टोलीलाई अघि बढाएका थिए । ३२औं मिनेटमा औवामियाङले एन्सले मेटल्यान्ड नाइल्सको पासमा गोल गर्दा आर्सनलले पहिलो हाफमै २–० को अग्रता लिएको थियो ।
तर, आर्सनलले दोस्रो हाफमा त्यो अग्रता जोगाउन सकेन । घरेलु टोलीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै दुई गोल गर्न सफल भएको थियो । ५३औं मिनेटमा टोमले गोल गर्दै गोलअन्तर २–१ म झारे । ८१औं मिनेटमा रोवर्टाेले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । डेभिड लुइजले पेरेरालाई फल गरेपछि प्राप्त पेनाल्टीमा पेरेरा आफैल गोल गरेका थिए ।
त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल बराबरीमा रोकियो । बराबरीसँगै आर्सनल ५ खेलबाट ८ अंक जोडेर सातौ स्थानमा छ । वाटफोर्ड २ अंक जोडेर पुछारमा छ ।
प्रिमियर लिगमै आइतबार राति बर्नमाउथले एभर्टनलाई ३–१ ले पराजित गरेको छ । बर्नमाउथको जितमा कलुम विल्सनले २ तथा रायन फ्रासरले गोल गरे । एभर्टनका डोमिनिकले एक गोल गरे । जितसँगै बर्नमाउथ ७ अंक जोडेर आठौं तथा एभर्टन ७ अंकसहित ११औं स्थानमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]