default_image

6 years ago

September 16, 2019

अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल असोज २ देखि

323 views

0 Bookmark

विनोदबाबु रिजाल
चितवन- चितवनमा असोज २ गतेबाट प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फूटबल प्रतियोगिता गरिने भएको छ । भरतपुरको गेष्टहाउस चौरमा गर्न लागिएको प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् ।

आयोजकले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगितामा पहिलो हुनेले कपसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुनेले कपसहित ५० हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउने छ । त्यसैगरी म्यान अफ दी म्याचलाई नगद र ट्रफी दिइने छ । अन्त्यमा म्यान अफ दी सिरिजलाई १० हजार, बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर र हाइ स्कोररलाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिइने छ ।

प्रतियोगितामा चितवन रातो र चितवन नीलो गरी दुई टिम बनेका छन् । भारतबाट दुईवटा टिम आउँदै छन् । अरु सबै नेपालमा नाम कहलिएका टिमहरु आउँदै छन् । प्रतियोगिता स्तरीय बनाउन त्यहीअनुसार तयारी गरिरहेको संयोजक बरुण वस्नेतले बताए ।सहभागी क्लबहरुलाई २ समूहमा विभाजन गरिएका छन् । दुवै समूहमा ८–८ टोली छन् ।

समूह ‘ए’ मा आयोजक चितवन भेटेरान (नीलो) सहित मकवानपुर भेटेरान हेटौंडा, अभिषेक चर्च नवलपुर, रोयल भेटेरान दार्जिलिङ(भारत), बगर भाइ खलक पोखरा, टी बरगर ललितपुर, नाईट किङ काठमाडौं र धरान भेटेरान क्लब छन् ।

यस्तै समूह ‘बी’ मा चितवन भेटेरान (रातो)सहित सानो गौचरन काठमाडौं, रुपन्देही भेटेरान ११ बुटवल, बीबीसी भेटेरान बनेपा, झापा भेटेरान, युथ एकेडेमी वीरगञ्ज, देहरादुन एफ.सी. भारत र कैलाली भेटेरान रहेको आयोजक चितवन भेटेरान फूटबल क्लबका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको पहिलो चरणको खेलहरु दुई दिन हुनेछन् । दुबै दिन ४–४ वटा खेल हुने तालिका छ । सहभागी १६ मध्ये ८ टोली क्वाटरफाइनल प्रवेश गर्नेछ । क्वाटरफाइनलका खेलहरु ४ गते हुनेछन् भने सेमीफाइनलको खेलहरु ५ गते र फाइनल खेल ६ गते हुने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा २ गते आयोजक चितवन भेटेरान (नीलो) र मकवानपुर भेटेरान हेटौंडा भिड्नेछन् । उक्त खेल बिहान ७ः३० बजे हुनेछ । पत्रकार सम्मेलनमा मुख्य प्रायोजक जस्मिन पेन्ट्सका महाप्रबन्धक लक्ष्मण अर्यालले आयोजकलाई चितवनको टिमको जर्सी तथा खेल सामग्री हस्तान्तरण गरे ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.