default_image

6 years ago

September 16, 2019

प्रदेश सरकारले सहारालाई ३० लाख दिने, पत्रकार श्रेष्ठ पुरस्कृत

116 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– पत्रकार सन्देश श्रेष्ठलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मानित भएका छन् । खेलकुद विटलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने १ जना पत्रकारलाई योगदान आधारमा क्लबले वर्षेनी प्रदान गर्दै आएको सो पुरस्कार यसपाली नागरिक दैनिक र रेडियो अन्नपूर्णमा कार्यरत श्रेष्ठलाई प्रदान गरिएको हो ।

पुरस्कार राशि २० हजार ५ सय ५५ रुपैयाँ र ताम्रपत्र छ । प्रतिभा छनोटका लागि क्लब सल्लाहकार समेत रहेका अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा समिति गठन गरिएको थियो । पत्रकार कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल यसअघि सो पुरस्कारबाट सम्मानित भैसकेको क्लब अध्यक्ष केशवबहादुर थापाले जनाए ।

यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सहारा एकेडेमी सहयोगार्थ वार्षिक ३० लाख रुपैयाँसम्म प्रदेश सरकारले बेहोर्ने घोषणा गरेका छन् । सहारा क्लब पोखराको २१औं वार्षिकोत्सव र १० औं अधिवेशनको सोमबार उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री गुरुङले सहारा एकेडेमीमा हाल आश्रित २४ जना जुनियर खेलाडीको सहयोगार्थ लाग्ने वार्षिक २० देखि ३० लाखको खर्च प्रदेश सरकारले व्यहोर्ने घोषणा गरेका हुन् । पोखरा १७ दोबिल्लामा रहेको सहारा एकेडेमी सहारा क्लब पोखराले संचालन गर्दैआएको छ ।

पोखरामा विशेषगरी हिमालयन आखा अस्पताल पोखरा, एसओएस बालग्राम पोखरा र साहारा क्लब पोखरा राम्रो काम गर्ने संस्थाहरु भएको उदाहरण दिँदै उनले भने, ‘यी संस्थाहरुले सरकारबाट हालसम्म अनुदान पाएका छैनन् तर विभिन्न क्षेत्रबाट रकम जम्मा गरेर उदाहरणीय काम गरिरहेका छन् । यस्ता संस्थाहरुलाई प्रदेश सरकारले सधैँ प्रोत्साहन गर्छ र आवश्यक सहयोग गर्छ ।’

राजनीतिक हस्पक्षेप नभएका सामाजिक संस्थाहरुले तुलानात्मक रुपमा राम्रो गरेको आफूले पाएको उनले बताए । हिमालयन आँखा अस्पताललाई ५० लाख, एसओएस बालग्रामलाई १ करोड सहयोग गरिएको समेत उनले जानकारी दिए ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.