6 years ago
September 17, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा बुधबार राती फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्पेनिस महारथी रियल म्याड्रिड आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार बिहिबार विहान १२:४५ बजे सुरु हुनेछ ।

च्याम्पियन्स लिगको एकै समुहमा परेका यी दुई टोली पहिलो खेलमा नै भिड्ने भएका हुन् । रियलका लागि भने पीएसजीको चोटको समस्याले केहि सहज हुने देखिएको छ । रियलविरुद्ध पहिलो खेलमा नेयमार र किलियन एमबाप्पे उपलब्ध नहुने पक्का भएको छ । अर्का फरवार्ड एडिन्सन काभानी पनि शत प्रतिशत फिट नरहेकाले पहिलो रोजाइमा खेल्ने सम्भावना एकदम न्यून छ । पीएसजीका लागि यसै सिजन लोनमा भित्रिएका अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीले अग्रपंक्ति सम्हाल्ने सम्भावना छ ।
नेयमारले प्रतिबन्धका कारण पहिलो खेल गुमाउने यसअघि नै पक्का भइसकेको थियो । उनले गत सिजन म्यानचेस्टर युनाइटेड र पीएसजीबीचको खेलबारे सामाजिक संजालमा बोलेपछि यूईएफएले उनलाई तीन खेल प्रतिबन्ध लगाएको थियो । लिगको पहिलो खेलमा टुलुसविरुद्ध मांशपेशीको समस्या आएपछि एमबाप्पे मैदानबाहिर छन् । यता काभानी पनि त्यसै खेलमा हाफटाइम पछि कम्मरको चोटका कारण मैदान फर्केका थिएनन् । उनी प्रशिक्षणमा यसै साता फर्केका हुन् ।

पीएसजीका लागि रियलका पूर्व खेलाडी केलर नाभास पहिलो रोजाइमा हुनेछन् । उनी केहि साता अघिमात्र पीएसजी आएका हुन् । पीएसजीका लागि डिफेन्डर थिलो केहरर र मिडफिल्डर जुलियन ड्राक्स्लर पनि टोलीमा रहने छैनन् । च्याम्पियन्स लिगको समूह ‘ए’ मा रियल र पीएसजीसँगै क्लब ब्रुज र गालाटासरे रहेका छन् ।
यो पनि पढ्नुहोस् : रियाललाई चौटै चोट, मार्सेलो पनि थपिए
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]