5 years ago
September 17, 2019
एजेन्सी – पोर्चुगल र युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफुमाथि बलात्कार अभियोगले निकै असजिलो भएको बताएका छन् । त्यो घटनाबाट नाकारात्मक असर नपरोस् भन्नका लागि बच्चालाई त्यसबाट अलग राख्न प्रयास गरेको समेत प्रष्ट पारेका छन् ।
पूर्व मोडल क्याथरेन मायोर्गाले ३४ वर्ष रोनाल्डोलाई सन् २००९ मा लस भागसको एक होलमा बलत्कार गरेको आरोप लगाएकी थिइन् । तर, रोनाल्डो त्यो आरोपलाई अस्वीकार गरेका थिए । पछि उनी माथि लागेको आरोप प्रमाणित हुन सकेन । पाँच पटकका बालोन डी ओर विजेता रोनाल्डोले एक अन्तवार्ताका क्रममा त्यो अभियोगले मानसिक र पारिवारिक हिसाबमा पनि असर परेको बताएका छन् ।
‘मेरो मर्यादा माथी आरोप लगाउने काम भएको छ । त्यसले कठिन परिस्थिति सृजना गर्यो । जसको प्रेमिका छन् । परिवार छन् । बच्चा छन्,’ रोनाल्डोले भने, ‘तर उनीहरुले मेरो इमान्दारिता माथि खेल्ने काम भएको छ । साच्चै त्यसले नराम्रो लाग्यो ।’
उनले त्यो आरोप पछिका घटना क्रम स्मरण गर्दै भने, ‘म एक दिन घरमा प्रेमिकाका साथ बसेको थिए । टेलिभजिन हेरि रहेका थियौं । त्यहि बेला मेरा बारेमा समाचार आयो । त्यहि बेला बच्चा तल आउँदै थिए । अनि मैले अप्ठेरो लागेर च्यानल परिवर्तन गरे । यदि मेरो छोरा (जुनियर रोनाल्डो) ले त्यो देखे र सुने भने त्यसले पक्कै राम्रो महसुस हुँदैन थियो ।’ ९ सिजन रियल म्याड्रिडमा बिताएर गत वर्ष युभेन्ट्स पुगेका रोनाल्डो नयाँ क्लबलाई च्याम्पियन्स लिग जिताउने अभियानमा छन् ।
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]
December 10, 2024
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]