6 years ago
September 17, 2019
एजेन्सी– पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारको च्याम्पियन्स लिगमा ३ को सट्टा अब २ खेलको प्रतिबन्ध हुने भएको छ । कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस (सिएएस) ले नेयमारमाथिको प्रतिबन्धमा १ खेल घटाएको छ ।
गत सिजनमा म्यानचेस्टर युनाइटेडविरुद्धको च्याम्पियन्स लिग क्वार्टरफाइनल पछि सामाजिक सञ्जालमा दिएको प्रक्रियाका आधारमा उनमाथि तीन खेलको प्रतिबन्ध लगाइएको थियो । पिएसजी युनाइटेडसँग ३–१ ले पराजित भएपछि उनले सामाजिक सञ्जालमा रेफ्रीको आलोचना गरेका थिए । युइएफएले पिएसजीको उजुरीलाई खारेज गरेपछि लिग वान च्याम्पियन टोलीले सिएएसमा अपिल गरेको थियो ।
जसले मंगलबार प्रतिबन्ध ३ बाट २ खेलमा झारेको छ । युइएफएले यहि वर्षको जुन १८ मा लिएको नेयमारविरुद्धको निर्णयका विरुद्धमा फ्रेन्च क्लब पिएसजीले दिएको उजुरीमा सिएएसले अन्तिम निर्णय सुनाएको छ । सिएएसले विज्ञप्तीमार्फत भनेको छ, खेलाडीले अफिसियलको अपमान गरेका छन् । उनीमाथि ३ खेलको प्रतिबन्धमा अब २ खेलमा घटाइएको छ ।
त्यो खेलमा नेयमारलाई चोट पनि लागेको थियो । त्यो खेलमा युनाइटेडले विवादास्पद पेनाल्टी पनि पाएको थियो । नेयमारले पछि सामाजिक सञ्जालमा खेलेका थिए, ‘त्यो राम्रो भएन । फुटबलका बारेमा केहि थाहा नभएका हरुलाई भार हेर्ने जिम्मा दिइएको छ ।’
बार्सिलोनाका पूर्व स्टार नेयमार फेरि स्पेन फर्कने चर्चा चलेपनि अन्ततः उनी यसपटक पिएसजी मै बसेका छन् । उनले सिजनको पहिलो खेल शनिबार खेल्दै स्टार्सबर्गविरुद्ध गोल गरेका थिए । जसमा टोली १–० ले विजयी भएको थियो ।
कारवाही घटेपछि अब उनले आज रियल म्याड्रिडविरुद्ध हुने खेल र अक्टुबर १ मा गालाटासारेसविरुद्ध हुने खेल गुमाउनेछन् । अब क्लब ब्रुगेविरुद्धको खेलमा भने नेयमार उपलब्ध हुनेछन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]