default_image

6 years ago

September 17, 2019

‘साफ यू १८ का लागि तयारी पुरा’-एन्फा

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यसै साता सुरु हुने साफ यू १८ च्याम्पियनसिप फुटबलका लागि सबै तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने च्याम्पियनसिप असोज ३ देखि १२ गते सम्म हलचोकस्थित नेपाल एपिएफ रंगशालामा हुनेछ ।

समूह ‘ए’मा आयोजक नेपाल, भुटान र माल्दिभ्स छन् । त्यस्तै बंगलादेश, भारत र श्रीलंका समूह ‘बी’मा छन् । सहभागी टोली मध्ये माल्दिभ्स नेपाल आइसकेको छ भने रेफ्रि अफिसियलहरु बुधबार नेपाल आइपुग्ने एन्फाका कार्यवहाक महासचिव अरुणमान जोशीले जानकारी दिए ।

च्याम्पियनसिपको उद्घाटन खेल शुक्रबार नेपाल र माल्दिभ्सबीच हुनेछ । नेपाल च्याम्पियनसिपको साविक विजेता हो । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । प्रतियोगिताका सबै खेल नेपाल टेलिभिजनको एनटिभि प्लसबाट प्रत्यक्ष प्रसारण हुने बताइएको छ ।

एन्फाले टिकको मुल्य ५ सय तोकेको छ । च्याम्पियनसिपमा सहभागि टोलीको अभ्यासका लागि लगनखेलको वुद्धि विकास खेल मैदान र नेपाली सेनाको जगदल गणको खेल मैदान छाउनीमा व्यवस्था ष्रिएको बताइएको छ । एन्फाका उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको एन्फाले जनाएको छ । विभिन्न उप समिति समेत गठन गरिएको बताइएको छ ।

प्रतियोगिताका लागि झन्डै २ करोड खर्च हुने एन्फाको छ । जसका लागि दक्षिण एसियाली फुटबल संघ (साफ) ले १ लाख ६० हजार अमेरिकी डलर उपलब्ध गराउने बताइएको छ । नपुग रकम एन्फाले आफ्नै श्रोतबाट जुटाउने बताइएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले मंगलबार नै आफ्नो अन्तिम टोलीको नाम सार्वजनिक गरेका छन् ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.