default_image

6 years ago

September 18, 2019

डिफेन्डिङ च्याम्पियन लिभरपुल स्तब्ध

146 views

0 Bookmark

एजेन्सी – डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमा इटालियन क्लब नेपोलीसँग स्तब्ध बनेको छ ।

नेपोलीको मैदानमा मंगलबार राति भएको खेलमा लिभरपुल २–० ले स्तब्ध बनेको हो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा घरेलु टोलीले च्याम्पियनविरुद्ध दुई गोल गर्न सफल भएको थियो ।

घरेलु टोलीका लागि ८२औं मिनेटमा ड्रिएस मेर्टिन्सले पेनाल्टीमा गोल गर्दै खेलमा अग्रता लिएको थियो । एन्ड्रिउ रोबर्टसनले पेनाल्टी बक्समा जोसेे कालेहनलाई फल गरेपछि प्राप्त पेनाल्टीमा मेर्टिन्स चुकेनन् ।

इन्जुरी समयमा थप गरिएको दोस्रो मिनेटमा फर्नान्डो लोरेन्टेले गोल गर्दै लिभरपुललाई २–० ले स्तब्ध पारे ।लोरेन्टे गत सिजनको फाइनलमा टोटेनहमबाट खेल्दै लिभरपुलसँग हार बेहोर्न बाध्य भएका थिए । लिभरपुलले गोलको अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।

जितसँगै समूह नेपोलीले समूह ‘ईं’ मा महत्त्वपुर्ण ३ अंक जोडेको छ । लिभरपुल अंकविहीन छ । यही समूहको अर्काे खेलमा अस्ट्रियाको साल्जवर्गले बेल्जियन क्लब गेन्कलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको छ ।

साल्जवर्गको जितमा अर्लिङ ब्राउट हल्यान्डले ह्याट्रिक पुरा गरे । हि चान ह्वाङ, डोमिनिक, एन्ड्रियस उलमरले समान १–१ गोल गरे । पराजित जिन्कका जोन लुकुमी र एमविवाना समताले गोल गरे । साल्जवर्ग ३ अंक जोडेर समूहको शीर्षस्थानमा छ । गेन्क पुछारमा छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.