6 years ago
September 18, 2019
एजेन्सी – युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन लिग फुटबलमा इंग्लिस क्लब चेल्सी घरमै स्पेनिस क्लब भ्यालेन्सियासँग पराजित भएको छ । स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा घरेलु टोली चेल्सी भ्यालेन्सियासँग १–० ले पराजित भएको हो ।
प्रिमियर लिगमा उच्च प्रदर्शन गरिरहेको इंग्लिस मिडफिल्डर मेसन माउन्ट खेलको शुरुमै युवा चोट बोक्दै मैदानबाट बाहिरिएपछि चेल्सी समस्यामा परेको थियो । त्यसपछि पनि चेल्सीले भ्यालेन्सियालाई दवावमा राख्दै गोलको अवसर सिर्जना गरेपनि भ्यालेन्सियाको बलियो रक्षापङ्ति तोड्न असमर्थ रह्यो ।
उल्टै ७४औं मिनेटमा घरेलु टोली गोल खान पुग्यो । ड्यानियल पारेजोको फ्रिकिकमा रोड्रिगोले चलाखीपुर्ण तरिकाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ८७औं मिनेटमा चेल्सीले खेललाई बराबरी गर्ने अवसर पाएको थियो । रस बार्कलीको पेनाल्टी प्रहार क्रसबारमा लाग्दै बाहिरिदा चेल्सीले बराबरी गर्ने सुन्दर मौका खेर फाल्यो । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी घरमै १–० ले पराजित हुन पुग्यो ।
च्याम्पियन्स लिगमा प्रशिक्षकको रुपमा डेब्यु गरेका फ्रान्क लाम्पार्डले सुखद सुरुवात गर्न सकेनन् । जितसँगै भ्यालेन्सियाले समूह ‘एच’ मा महत्वपुर्ण ३ अंक जोडेको छ । चेल्सी अंकविहीन छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]