6 years ago
September 18, 2019
एजेन्सी – अस्ट्रियन क्लब साल्जवर्गका युवा खेलाडी अर्निङ ब्राउट हाल्यान्ड युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा ‘डेब्यु’ मै ह्याट्रिक पुरा गर्ने तेस्रो टिनेजर खेलाडी बनेका छन् ।
च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको समुह चरणको खेलमा हाल्यान्डले जिन्कविरुद्ध ६–२ को फराकिलो जित निकालेको खेलमा ह्याट्रिक पुरा गर्दै च्याम्पियन्स लिगका ह्याट्रिक प्रहार गर्ने तेस्रो टिनेज खेलाडी बनेका हुन् । उनले १९ वर्ष ५८ दिनमा च्याम्पियन्स लिगमा ह्याट्रिक पुरा गरेका हुन् ।
हाल्यान्डभन्दा अघि डेब्युमै स्पेनिस महारथी रियाल म्याड्रिडका लेजेन्ड राहुल गोन्जालेज (१८ वर्ष, ११३ दिन) र इंग्ल्यान्डका सर्वाधिक गोलकर्ता वाइने रोनी (१८ वर्ष, ३४० दिन) ले गोल गरेका थिए ।
रोनीले २००४ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट फेनरवाचविरुद्धको खेलमा ह्याट्रिक पुरा गरेका थिए । गोल मेसिनको उपाधि पाएका नर्वेका वन्डर किड हाल्यान्डले यो सिजन ९ खेलमा १७ गोल गरिसकेका छन् ।
एक सिजन मोल्डेमा बिताएका हाल्यान्ड यसैसिजन साल्जवर्गमा अनुबन्धित भएका हुन् । उनले साल्जवर्गका लागि ९ खेलमा १२ गोल गरिसकेका छन् । प्रतिभावना हाल्यान्डले नर्वेको सिनियर राष्ट्रिय टोलीबाट दुई क्याप जितिसकेका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]