default_image

6 years ago

September 18, 2019

आठ पटक सम्म बालोन डी’ओर जित्ने रोनाल्डोको लक्ष्य !

230 views

0 Bookmark

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले आफुले समग्रमा आठ पटक बालोन डी ओर जित्ने लक्ष्य राखेको बताएका छन् । चिर प्रतिद्वन्द्वी लियोनल मेस्सीलाई पछि पार्दै विश्वको उत्कृष्ट खेलाडी बन्नका लागि आफुले लक्ष्य राखेको उनले बताएका छन् ।

रोनाल्डो र मेस्सी दुवैको नाममा अहिले सामान ५ वटा बालोन डी ओर उपाधि छ । पछिल्लो एक दशक भन्दा लामो समयदेखि यी दुईबीच विश्वको उत्कृष्ट खेलाडीको दौड चलिरहेको छ । रोनाल्डोले अन्तवार्ताका क्रममा उनले आफु अझै व्यक्तिगत अवार्डको हकदार रहेको बताएका छन् ।
सन्यास लिनुअघिको लक्ष्यका बारेमा सोधिएको प्रश्नको जवाफमा ३४ वर्षे रोनाल्डोले भने, ‘विश्व फुटबलको इतिहासमा सबैभन्दा बढी गोल्डेन बल जित्ने लक्ष्य छ । मलाई यो मन पर्छ , मलाई लाग्छ म हकदार पनि छु । मेस्सी उत्कृष्ट मान्छे र खेलाडी हुन् । तर मलाई लाग्छ मसँग छ वटा, सात वटा अथावा आठ वटा वा त्यो भन्दा बढी हुनुपर्दछ ।’

उनले मैदान बाहिर मेस्सी र आफुबीचको सम्बन्ध नरहेको उल्लेख गर्दै भने, ‘हामी घरेलु साथी होइनौं । तर, १५ वर्षयता हामी सँगै मैदानमा छौं । हाम्राबीचमा ठिकैको सम्बन्ध छ । उनले लाई उत्कृष्ट खेलाडी बन्न र मैले उनलाई उत्कृष्ट खेलाडी बन्न दबाब दिइरहेका छौं ।’ फुटबल इतिहासमा महान खेलाडीका विषयमा चर्चा गर्दा रोनाल्डोले आफु त्यो सुचिमा रहि सकेको दाबी गरे ।

‘मन पराउने नपराउने मेरो नियन्त्रणमा हुनु कुरा भएन । कतिले म पराउलान कतिले मन नपराउलान्,’ उनले भने, ‘मेरो नाममा थुप्रै इतिहास छ । मलाई थाहा छ भ पनि फुटबल इतिहासको एउटा उत्कृष्ट खेलाडी हो । ‘ युभेन्ट्सका सुपर स्टारले आफु विश्वकै नम्बर एक खेलाडी चाहेको पनि प्रष्ट पारे । ठट्टा गर्दै भने, ‘नम्बर सात भनेको नम्बर वान हो ।’

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.