6 years ago
September 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू १८ को उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदान नेपाली युवा टोली उत्रदा सबैभन्दा बढी दबाब सम्भवत प्रशिक्षक चेतनारायण श्रेष्ठ हुनेछन् । युवा प्रशिक्षकमा सफल बालगोपाल महर्जनका समकालिन श्रेष्ठमाथि आफ्नो प्रशिक्षण क्षमतालाई प्रमाणित गर्ने यो अहिले सम्मकै उत्कृष्ट अवसर भएको उनी आफै स्वीकार गर्छन् ।

‘बालगोपाल सफल प्रशिक्षक हुन् । उनी राम्रा प्रशिक्षक त हुन् नै अलिकता भाग्यमानी पछि छन्,’ श्रेष्ठले भने, ‘मैले औपचारिक रुपमा नेपाली युवा टोली हेर्ने मौका पहिलो पटक पाएको छु । यो मेरो लागि जति चुनौति हो त्यत्ति नै अवसर पनि हो । मैले आफुलाई प्रमाणित गर्ने अवसरका रुपमा हेरेको छु । ‘ सन् २०१० र २०११ मा यू १३ टोलीले इरानमा भएको युथ फेस्टिबलमा भाग लिँदा श्रेष्ठ त्यसको प्रशिक्षक थिए ।
बाल गोपाल महर्जनको प्रशिक्षणमा नेपालले चार वर्षअघि (२०७२) मा घरेलु मैदानमा आयोजना भएको साफ यू १९ च्याम्पियनसिप को पहिलो संस्करणको उपाधि जितेको थियो । पछि महर्जनकै प्रशिक्षमा नेपाली सिनियर टोलीले बंगबन्धु गोल्ड कप जितेको थियो । त्यसपछि साफ यू १८ का नाममा भएको च्याम्पियनसिप पनि नेपालले छिरिङ लोप्साङ टोलीका प्रशिक्षक थिए । अघिल्ला दुवै संस्करण जितेकाले त्यसको उपाधि जोगाउन जिम्मा अहिले श्रेष्ठको काँधमा आइपुगेको छ ।
औपचारिक रुपमा डेढ महिना देखि टोलीको कमान सम्हालेका श्रेष्ठले अहिलेका खेलाडीलाई लामो समयदेखि निरिक्षण गर्दै आएको बताएका छन् । ‘मैले ललित स्मृति हुँदा वा त्यो भन्दा अगाडि देखि तयारीकै अवस्था देखि यी खेलाडीलाई वाच गरेको थिए,’ पूर्व स्ट्राइकर उनले भने, ‘हामी जति सक्दो बलियो टोली लिएर उपाधि रक्षा गर्ने लक्ष्यका साथ अघि बढ्ने कोसिस गरिरहेका छौं । ‘

शुक्रबारदेखि नेपाल एपीएफको हलचोकस्थित मैदानमा सुरु हुने यू १८ च्याम्पियनसिपमा नेपाल समूह एमा माल्दिभ्स र भुटानसँग परेको छ । अर्को समूहमा बंगलादेश, भारत र श्रीलंका छन् । एक साता पोखरामा अन्तिम तयारी गर्दै टोली काठमाडौं फर्केको थियो । सुरुमा तयारीका लागि थाइल्यान्ड वा चीन लाने योजना भएपनि पछि त्यो सम्भव नभएपछि पोखरा गएको प्रशिक्षक श्रेष्ठले बताए । सहारा क्लबको दोबिल्ला एकेडेमीमा टोलीले एक साता अभ्यास गर्यो र दुई वटा मैत्रीपूर्ण खेल खेलेर फर्केको थियो ।
नेपालको सबै उमेर समूहदेखि सिनियर टोलीमा पनि स्ट्राइकिङ लाइनमा समस्या देखिने उल्लेख गर्दै श्रेष्ठले भने, ‘म आफैं पनि स्ट्राइकर हुँ । हामीलाई गोल निकाल्न निकै कठिन हुने गरेको अनुभव छ । मैले त्यसैमै बढी ध्यान दिएको छु । जति राम्रो टिम भएपनि फुटबलमा गोल नहुँदा सम्म परिणाम निकाल्न सकिन्न । हामी त्यसमा सचेत छौं । ‘
श्रेष्ठले जय गुरुङलाई यू १८ को कप्तान र नितिन थापालाई उपकप्तान चुनेका छन् । ब्रिगेड ब्वाइज क्लबका मिडफिल्डर जयमा कप्तानीको अनुभव र क्षमता रहेका कारण उनलाई जिम्मेवारी दिइएको श्रेष्ठले बताए । ‘उनी आफू पनि राम्रो खेलाडी अनि वास्तविक लिडर छन् । एकदमै स्तरीय र टोलीलाई अगाडि बसेर नेतृत्व गर्ने क्षमता राख्छन्, ‘श्रेष्ठले भने, ‘त्यसका आधारमा मैले उनलाई कप्तान चुनेको हु । उनकै ब्याचका नितिनलाई उप कप्तान बनाएका हुँ । ‘

श्रेष्ठले समर्थक हलचोक आएर टोलीको हौसला बढाइदिन आग्रह गरेका छन् । ‘फुटबलमा समर्थकको ठूलो भूमिका हुन्छ । हामीले पनि तपाईहरुको साथको अपेक्षा गरेका छौं,’ श्रेष्ठले भने, ‘म सबैलाई मैदान आएर टोलीको हौसला बढाइदिन विशेष आग्रह गर्न चाहन्छु । तपाईहरुको हौसलाले खेलाडीलाई उत्साह मिल्नेछ । त्यसैले सबैलाई मैदानमा आउन हामी आग्रह गर्दैछौं ।’
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]