6 years ago
September 19, 2019
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले नयाँ सिजनको युइएफए च्यािम्पयन्स लिगमा सुखद शुरुवात गरेको छ । बायर्नले सर्वियन रेडस्टार बेलग्रेडलाई ३–० ले पराजित गर्दै च्याम्पियन्स लिगमा सुखद शुरुवात गरेको छ ।
घरेलु मैदानमा बायर्नलाई जिताउन किङ्सले कोमान, रोबर्ट लेवान्डोस्की र थोमस मुलरले गोल गरे । एलिनाज एरिनामा बुधबार राति भएको खेलमा घरेलु टोली बायर्नको खेलको ३४औं मिनेटमा किङ्सले कोमानको गोलबाट पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । कोमाले इभान पेरिसिसको पासलाई सदुपयोग गरेका थिए ।
खेल सकिन १० मिनेट बाँकी रहँदा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा थोमस मुलरले थियागो अलकान्तराको पासलाई गोलमा परिणत गर्दै बायर्नलाई ३–० को सहज जित दिलाए । जितसँगै बायर्नले समूह ‘बी’ मा ३ अंक जोडेको छ । रेडस्टार अंकविहीन हुदै पुछारमा छ ।
यही समूहको अर्काे खेलमा इंग्लिस क्लब टोटेनहमले शुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा ग्रीसको ओलम्पियाकोससँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
ग्रीसमा खेलिएकोखेलमा टोटेनहमको खेलको २६औं मिनेटमा ह्यारी केनको पेनाल्टी गोलबाट खेलमा अग्रता लिएको थियो । ३०औं मिनेटमा लुकास मौउराले गोल गर्दै टोटेनहमलाई २–० ले अघि बढाए ।
४४औं मिनेटमा ड्यानियल पोडेन्सले गोल गर्दा पहिलो हाफमा टोटेनहम २–१ ले अघि बढ्यो । ५४औं मिनेटमा म्याथ्यु भालवुयनाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए । त्यसपछि दुवै टोलीबाट गप गोल हुन नसक्दा दुवै टोली अंक बाड्न बाध्य बन्यो ।
बराबरीसँगै ओलम्पियाकोस दोस्रो तथा टोटेनहम तेस्रो स्थानमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]