6 years ago
September 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सेप्टेम्बर महिनाको फिफा वरीयतामा ५ स्थान सुधार गरेको छ । अघिल्लो महिना १ सय ६६ औं स्थानमा रहेको नेपाल १ सय ६१ औं स्थानमा पुगेको हो ।

नेपालले फिफा विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा कुवेतसँग ७-० को फराकिलो अन्तरको हार बेहोरेको थियो । दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइलाई २-० ले पराजित गरेको थियो । कुवेत वरीयतामा १ सय ५६ औं स्थानमा यथावत रहेको छ । दोस्रो खेलमा कुवेत अष्ट्रेलियासँग ३-० ले पराजित भएको थियो ।
ताइपेइ भने वरीयतामा ४ स्थान खस्कँदै १ सय २९ औं स्थानमा पुगेको छ । ताइपेइ त्यसअघि जोर्डनसँग २-१ ले पराजित भएको थियो । नेपालको समूहमा रहेको जोर्डन एक स्थान उक्लँदै ९८ स्थानमा पुगेको छ । अष्ट्रेलिया पनि दुई स्थान माथि चढ्दै ४४ औं स्थानमा पुगेको छ । नेपालले अर्को महिना हुने विश्वकप छनोटको खेलमा अष्ट्रेलिया र जोर्डनको भ्रमण गर्दैछ ।

दक्षिण एसियाको शीर्षस्थानमा रहेको भारत एक स्थान तल झर्दै १ सय ४ औं स्थानमा छ । दोस्रो स्थानको माल्दिभ्स १ स्थान झर्दै १ सय ५३ औं स्थानमा छ । नेपालपछि भुटान १ सय ८५ औं स्थानमा छ । ५ स्थान खसेको बंगलादेश १ सय ८७ औं स्थानमा छ । २ सय २ औं स्थानमा श्रीलंका र २ सय ३ औं स्थानमा पाकिस्तान रहेका छन् ।
वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ । फ्रान्सले ब्राजिललाई उछिन्दै दोस्रो स्थानमा पुगेको छ । इंग्ल्यान्ड चौथो स्थानमा यथावत छ । पोर्चुगल उरुग्वेलाई उछिन्दै पाँचौ स्थानमा पुगेको छ । स्पेन क्रोएसिया र कोलोम्बियालाई उछिन्दै सातौंमा छ । दशौं स्थानमा अर्जेन्टिना यथावत छ । एसियालि वरियतामा चौथो रहेको अष्ट्रेलियाभन्दा अगाडी इरान २३ औं, जापान ३१ औं र दक्षिण कोरिया ३७ औं स्थानमा छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]