default_image

6 years ago

September 19, 2019

लक्ष्य ह्याट्रिक तर पुरानै पुरस्कार उधारो

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अन्तर्गत साफ यू-१८ च्याम्पियनसिप शुक्रबारदेखि नेपालमा सुरु हुँदैछ । हालसम्म आयोजित दुवै संस्करणको विजेता नेपाल यसपटक घरेलु मैदानमा ह्याट्रिक गर्ने सुरमा छ । तर अघिल्लो संस्करणको विजेता टोलीले भने एन्फाले घोषणा गरेको पुरस्कार अहिलेसम्म पाएको छैन ।

गोलरक्षक अर्पण कार्कीको कप्तानीमा रहेको नेपालले भुटानमा भएको प्रतियोगितामा भारत र बंगलादेशलाई पछि पार्दै उपाधि जितेको थियो । राउन्ड रोबिन लिगमा भएको प्रतियोगितामा नेपाल भुटानसँग पहिलो खेलमा नै पराजित भएको थियो । त्यसपछि माल्दिभ्स, बंगलादेश र भारतलाई पराजित गर्दै नेपाल उपाधि जित्न सफल भएको थियो ।

एन्फाले त्यसबेला उपाधि जितेपछि टोलीका हरेक सदस्यलाई २ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो । उक्त निर्णय एन्फाको पुरानो कार्यसमितिले गरेको भएपनि चुनावपछि कर्मा छिरिङ शेर्पाको नेतृत्वले पुरस्कार समयमा दिने बताएको थियो । प्रतियोगिता सकिएको दुई वर्ष र नयाँ कार्यसमिति आएको डेढ वर्ष बितिसक्दा पनि खेलाडीहरुले पुरस्कार पाएका छैनन् ।

गतवर्ष दशैं अघि नै एन्फाले पुरस्कार वितरण गर्ने भन्दै कार्यसमितिबाट निर्णय नै गरेको थियो । तर कार्यक्रम तय गर्ने तयारी थालिएको भनेपनि एक वर्षसम्म पनि उक्त कार्यक्रम आयोजना हुन सकेन । यस विषयमा एन्फाका महसचिव इन्द्रमान तुलाधरले छिट्टै उक्त पुरस्कार वितरण गर्ने बताए ।

‘हामीले धेरै आश्वासन पायौं । कहिले अर्को महिना त कहिले अबको बैठकमा पाइन्छ भनिन्छ । अब आशा गर्नुबाहेक केहि गर्न सकिन्न,’ टोलीका एक सदस्यले हाम्रोखेलकुदसँग भने । उक्त टोलीका अधिकांश सदस्य अहिले दक्षिण एसियाली खेलकुदको तयारीमा छन् । सुमन अर्याल र अभिषेक रिजाल भने राष्ट्रिय टोलीमा नै नियमित खेल्दै आइरहेका छन् । अन्य केहि खेलाडी पनि बन्द प्रशिक्षणमा रहने गरेका छन् ।

सन् २०१७ मा साफ यू-१८ जित्ने टोली :

गोलरक्षक: अर्पण कार्की (कप्तान), सन्देश गुरुङ, अभिषेक बराल

डिफेन्डर: विश्वास उदास, असिम भुषाल, विकास खवास, राजन गुरुङ, सुमन अर्याल, आकाश श्रेष्ठ, निराजन महर्जन, रोमन लिम्बु

मिडफिल्डर : अशोक थापा मगर, दिनेश हेन्जन, अभिषेक रिजाल, अनिल महर्जन, सेसेहाङ आङदेम्बे, एरिक विष्ट, राम वजी, राजीव लोप्चन

फरवार्ड: रेजिन सुब्बा, दिपेश आले मगर, प्रेजेन तामाङ, धिरज श्रेष्ठ

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

Success

Thank you for your time.