default_image

6 years ago

September 19, 2019

मोफसल गोल्डकपको मिति तय, राष्ट्रिय लिग चैतमा

170 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलको प्रतियोगिता सञ्चालनका लागि मिति सार्वजनिक गरेको छ । एन्फाले मोफसलको सबै तहमा आयोजना हुने लिगलाई व्यवस्थित गर्नको लागि २ असोजबाट ४ असारसम्मको मिति सार्वजनिक गरेको हो ।

 

जसमा २२ गोल्डकपसहित सहिद स्मारक ‘ए’ डिभिजन लिग, अन्तर प्रदेश एन्फा प्रेसिडेन्ट कप र राष्ट्रिय लिग आयोजना हुनेछ । एन्फाका अनुसार गोल्डकप आयोजकले एक हप्ता अघि नै प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्नुपर्ने र प्रतियोगिताको बिमा गरिएको हुनुपर्ने नियम राखिएको छ । हरेक गोल्डकपको अवधि १० दिनलाई तोकिएको छ ।

जसअनुसार एन्फाले २ असोजबाट ११ असोजसम्म पहिलो मिति, असोज ९ देखि १८ सम्म दोस्रो मिति, २६ असोजदेखि कात्र्तिक ५ सम्म तेस्रो मिति, ३० असोजदेखि कात्र्तिक ९ सम्म चौथो मिति, कत्र्तिक १४–२३ पाँचौ मिति, कात्र्तिक २१–३० छैटौ मिति, कात्तिक २८ मंसिर ७ सातौ मिति, मंसिर ५–१४, आठौं मिति, १२–२१, नवौ मिति, १९–२९ दशौं मिति रहेको छ ।

मंसिर २८ बाट माघ २९ सम्म सहिद स्मारक ‘ए’ डिभिजन लिग र अन्तर प्रदेश एन्फा प्रेसिडेन्ट कप आयोजना हुनेछ । माघ २९ बाट फागुन ८ सम्म गोल्डकपको ११औं मिति, फागुन ६–१५ १२औं मिति, १३–२२ तेह्रौ मिति, २०–२९ चौधौं मिति, फागुन २७– चैत ६ पन्ध्रौ मिति, चैत ४–१७ सोह्रौ मिति, ११–२० सत्रौं मिति र चैत १८–२७ अठारौं मिति तोकिएको छ ।

चैत २५ देखि बैशाख २५ सम्म राष्ट्रिय लिगको मिति तोकिएको छ । राष्ट्रिय लिगमा सहिद स्मारक ए डिभिजन लिगका शीर्ष ६ क्लब र अन्तर प्रदेश एन्फा प्रेसिडेन्ट कप खेल्ने ४ क्लबले सहभागीता जनाउनेछन् । जेठ १ बाट १० सम्म उन्नाइसौं मिति, जेठ ८–१८ बीसौं मिति, जेठ १८–२८ एक्काइसौं मिति र जेठ २६ बाट असार ४ सम्म गोल्डकपको २२औं मिति तोकिएको छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.