default_image

6 years ago

September 19, 2019

इन्डोनेसियामा रोहितको टोली पराजित

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मलित पर्सिजा जकार्ता इन्डोनेसियाको शीर्ष डिभिजनमा बिहीबार पराजित भएको छ । रोहितको टोली घरेलु मैदानमा शीर्ष स्थानमा रहेको बाली युनाइटेडसँग १–० ले पराजित भएको छ ।

नेदरल्यान्ड्का मेल्भिन पाल्ट्जेले ७२ औं मिनेटमा गरेको गोल नै खेलको निर्णय बन्यो । रोहितको टोली चार दिन अघिको खेलमा २–१ ले विजयी भएको थियो । त्यो खेलमा रोहित पनि गोल गरेका थिए । बालीविरुद्ध पहिलो रोजाईमा परेका रोहित ७९ औं मिनेटमा परिवर्तन भएका थिए ।

साविक विजेता रहेको पर्सिजाले यो सिजन भने राम्रो प्रदर्शन गर्न सकेको छैन । १७ खेल सकिदा पर्सिजाले ३ खेलमा मात्र जित हासिल गरेको छ भने ८ खेलमा बराबरी गरेको छ । ६ खेलमा भने टोलीले हार बेहोरेको छ । १७ अंकका साथ टोली १५ औं स्थानमा रहेको छ । एक खेल बढी खेलेको बाली युनाइटेड ले भने १४ जित २ बराबरी र २ हारका साथ ४४ अंक जोडेको छ ।

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

Success

Thank you for your time.