6 years ago
September 20, 2019
एजेन्सी – युवा मिडफिल्डर मासन ग्रिनवुडको गोल सहयोगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा कठिन जित निकालेको छ ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडले काजकस्तनको एफसी अस्तानालाई १–० ले पराजित गरेको हो । युवा खेलाडीलाई बढी मौका दिएको प्रशिक्षक ओले गनर सोल्सजरको टोलीले बल पोजेसनमा पकड राखेपनि जितका लागि निकै संघर्ष गर्नुपरेको थियो ।
खेलको चौथो मिनेटमा नै फ्रेडको प्रहार बारमा लागेर बाहिरिदा युनाइटेडले खेलको शुरुमै अग्रता लिने मौका गुमाएको थियो । १३औं मिनेटमा एन्जल गोमेजको प्रहार गालरक्षक निनाद इरिकले विफल पारिदिएका थिए ।
२१औं मिनेटमा युनाइटेडका मार्काेस रोजोले दिएको लामो पासमा मार्काेस रासफोर्डको प्रहारलाई गोलरक्षक इरिकले मुस्किलले बचाउदै युनाइटेडलाई निराश पारिदिए । ५३औं मिनेटमा एन्जल गोमेजको कर्नरमा मासन ग्रिनवुडले पोस्टनजिकैबाट गरेको प्रहार डिफ्लेक्ट हुदै बाहिरिएको थियो ।
लगातार पोस्ट आक्रमण बुनेपनि गोलका लागि ७३औं मिनेट कुर्नुपरेको थियो । ब्राजिली फ्रेडको पासमा १७ वर्षीय युवा मिडफिल्डर ग्रिनवुडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । युनाइटेडमा ग्रिनवुडको यो पहिलो गोल हो ।
८०औं मिनेटमा रासफोर्डको प्रहार पोस्टमा लागेर फर्कदा युनाइटेडले अग्रता दोब्बर पार्ने मौका खेर फाल्यो । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड १–० ले विजयी हुन सफल भयो ।
जितसँगै युनाइटेडले समूह ‘एल’ मा ३ अंक जोडेको छ । एस्टाना अंकविहीन छ । यही समूहको अर्काे खेलमा वियोग्राड र एजेट अल्कामारले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]