6 years ago
September 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गर्ने सुरमा रहेको नेपालले साफ यू-१८ च्याम्पियनसिपको उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार ३ बजे हल्चोकस्थित एपीएफ रंगशालामा हुनेछ ।

तुलनात्मक रुपमा नेपाल माल्दिभ्सभन्दा बलियो टोली हो । नेपालले पछिल्लो दुवै पटक जित्दा माल्दिभ्स भने दोस्रो चरणमा पुग्न पनि निकै कसरत गर्नुपरेको छ । अघिल्लो संस्करणमा माल्दिभ्स भुटानसँग पनि पराजित भएको थियो । त्यसो त नेपालले पनि अघिल्लो संस्करणमा भुटानसँग हार बेहोर्दै प्रतियोगिता सुरुवात गरेको थियो । तर राउन्ड रोबिन भएकाले अन्य नतिजा पनि नेपाल अनुकूल रहँदा उपाधि जित्न सफल भएको थियो ।
प्रतियोगिताको पूर्वसन्ध्यामा बोल्दै नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले समूह चरणको खेल खासै कठिन नहुने बताए । ‘तयारी राम्रो भएको छ । अब मैदानमा उत्रेर योजना सफल बनाउने हो । डेढ महिना प्रशिक्षणका क्रममा खेलाडीले निकै मिहिनेत गरेका छन्,’ उनले भने, ‘हामीले समूह चरण खेलेपछि सेमिफाइनलमा भने केहि कठिन हुन सक्छ । भारत र बंगलादेशजस्ता टोली अर्को समूहमा रहेकाले हामीले राम्रो तयारी गर्नुपर्छ । ‘
कप्तान जय गुरुङले पनि तयारी राम्रो भएकाले घरेलु मैदानमा उपाधि जोगाउन सकिने अभिव्यक्ति दिए । ‘ हामी विगत डेढ महिनादेखि सँगै रहेर प्रशिक्षण गरेका छौं । सबै खेलाडीले यस प्रतियोगिताको लागि कडा मिहिनेत गरेका छन् । अब मैदानमा आफ्नो कौशल देखाएर घरेलु दर्शकलाई खुसी पार्न चाहन्छौं,’ उनले भने ।
माल्दिभ्सका प्रशिक्षक साजली मोहमदले पहिलो खेल नै घरेलु टोलीविरुद्ध हुँदा केहि दबाब रहने स्वीकारे । ‘ हामीले प्रतियोगिताको पहिलो खेल नै घरेलु टोलीविरुद्ध खेल्दैछौं । केहि दबाब हुन्छ तर हामी तयार छौं । टोलीमा सिनियर टोलीकै अनुभव बटुलिसकेका खेलाडी कप्तानका रुपमा छन् । उनकै स्तरका अन्य खेलाडी पनि रहेकाले राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छु,’ उनले भने ।

December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]